Erani Mahal
पूर्वखोला गाउँपालिकाले २ सय ५० जना विरामीकाे  औषधी घरमै पुर्याइदियाे
हेल्थ
पाल्पा । कोराेना भाइरस काेभिड -१९ विश्व भरिनै माहामारिको रुपमा फैली रहेको र त्यसको रोकथामको लागि लकडाउनका कारणले नियमित रुपमा औषधी खाने विरामीलाइ गाउँपालिकाले औषधी घरमै लगेर उपलव्ध गराएकाे छ । लकडाउनले अाैषधी लिन जान नसकेकाका विरामीहरुको लागि पूर्वखोला गाउँपालिकाले नेपाल सरकारद्वारा लागु गरिएका र स्वास्थ्य विमा भएका नियमित औषधी खाने हरुलाइ पूर्वखोला गाउपालिकाले युनाइटेड मिसन हस्पिटलको मेडिसिनबाट कार्ड लगेर २ सय ५० जना को औषधी गाउँमा नै लगेर वितरण गरिएकाे हाे । गाउँपालिकाकाको मान्छेहरु सम्म पूर्याउन सहयोग गरेको गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी गराउनु भयो । त्यस्तै स्वास्थ्य विमा नहुने नसर्ने रोगीहरुलाइ गाउँपालिकाले स्वास्थ्य चौकीहरुबाट महिला स्वास्थ्य स्वयम्सेवीका मार्फत प्रदान गरेको रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update