Erani Mahal
दाना तथा चल्ला ब्याबसायी संघ पाल्पाद्वारा स्वास्थ्य सामग्री सहयाेग
Dana
पाल्पा । दाना तथा चल्ला ब्याबसायी संघ पाल्पाद्वारा सीमा नाकामा खटिने प्रहरीकाे सुरक्षााकाे लागि स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत जिल्ला प्रहरी कार्यालय हुँदै दाेभान प्रहरी चाैकी र नाकामा खट्ने कर्मचारीकाे सुरक्षााकाे लागि सामान दिइएकाे केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष करुणा काफ्लेले रानीमहललाइ जानकारी दिनुभयाे । स्वास्थ्य सामग्री सहयाेगकाेबिड १९ काे विषम परिस्थिति लाई ख्याल गर्दै दाना तथा चल्ला ब्याबसायी संघ पाल्पाले अाज जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी प्रमुख लाई मुख्य जिल्ला प्रबेश दाेभान मा गाडि हरुमा निर्मलिकरण गर्न १ बटा १८ लिटरकाे ईलेक्टिक स्प्रे, १ हजार थान माक्स, १० पाकेट ग्लाेब, १० लिटर साेडियम हाईडाेक्लाेराईड, १५ बटा ५ सय एम एल काे सेनिटाईजर हस्तान्तरण गरिएकाे उहाँले बताउनुभयाे । हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारी प्रमुख जिल्ला अधिकारी यादव सुवेदी प्रहरी प्रमुख दिपेन्द्र जिसी लगाएकाे उपस्थिति रहेकाे थियाे ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update