Erani Mahal
तानसेन नगरपालिकाद्वारा पाल्पाका ८५ पत्रकारको कोरोना विमा
Agrement-with-journalist-
पाल्पा- तानसेन नगरपालिकाकाे सहयाेगमा पाल्पाका ८५ जना पत्रकारको कोरोना बिमा गरिएकाे छ । नेपाल पत्रकार महासघ पाल्पामा आवद्ध रहेका पाल्पाका पत्रकारहरुको नपाकाे सहयाेगमा कोरोना विमा गरिएको नेपाल पत्रकार महासंघले जनाएकाे छ । नेपाल पत्रकार महासंघ पाल्पामा आवद्ध ८५ जना पत्रकाहरुको विमा गरिएको पत्रकार महासंघ, पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो । तानसेन नगरपालीकाको सहयोगमा एक लाख बराबरको कोरोना विमा गरिएको हो । विमा पछि कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागी पत्रकारहरु सक्रिय रुपमा लागि पर्ने विश्वास गरिएको तानसेन नगरपालीकाका प्रमुख अशाेक कुमार शाहीले बताउनुभयाे । नगरपालिकाले जिल्लामै पहिलाे पटक पत्रकारहरुकाे लागि सुरक्षाा सामग्री समेत प्रदान गरेकाे थियाे । सहमति पत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल र तानसेनका नगरप्रमुख अशाेक कुमार शाहीले हस्ताक्षर गर्नु भएकाे छ । पत्रकारको सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड पाल्पाबाट १ लाखको कोरोना विमा गरिएको छ । कोरोनासँग जुधौं, बाचौं र बचाअौं भन्ने सन्देश निरन्तर प्रवाह गर्न विमाले सहयाेग गर्ने अपेक्षा गरिएकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update