Erani Mahal
नेपाल कम्युनिस्ट पार्टी निस्दीले विपद् व्यवस्थापन कोषमा  रकम सहयोग
mukta saru
पाल्पा- नेपाल कम्युनिस्ट पार्टी निस्दीले विपद् व्यवस्थापन कोषमा रकम सहयोग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चाले गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई ५१ हजार ५ सय रकम सहयोग गर्नुभएको छ । कोरोना रोग जोखिम न्यूनीकरणको लागि पार्टीको निर्णय अनुसार एकद्वार प्रणालीअनुसार रकम सहयोग गरेको अध्यक्ष खाम्चाले बताउनुभयो । सहयोग रकम बुझ्नुहुँदै गाउँपालिका अध्यक्ष सारुले उक्त रकम सही ठाउँमा प्रयोग गर्ने बताउनुहुँदै सहयोगको निम्ति धन्यवाद प्रकट गर्नुभयो।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update