Erani Mahal
श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा
IMG_0817a
- सदानन्द अभागी परिचय – भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना यी उपरोक्त श्लोक रिङ्नेरह ३ पूर्वखोलामा २००६ साल साउन १९ गते पिता स्व.टिकाराम न्यौपाने र माता गीतादेवी (गाथादेवी न्यौपाने)का सुपुत्र नीलकण्ठ न्यौपाने(निहुरी ‘न’ ठूलदाइ)का हुन । ‘पुरेतका मुखमा बुझो ’लघुकाव्य–१वैशाख २०३४देखि हाल श्रम–साधना महाकाव्य २०७६सम्म आइपुग्दा उहाँका १० कृतिहरू बजारमा आइसकेका छन् भने करिव आधादर्जन (७ थान) प्रकाशोन्मुख देखिन्छन् । करिव एक दर्जन सामाजिक संस्थामा आवद्ध हुनु भएका नीलकण्ठज्यूलाई दुई दर्जन साहित्यिक संस्थाले विभूषित गरिसकेका छन् । सस्कृत साहित्यमा आचार्यको डिग्री हाँसिल गरिसकेका नीलकण्ठको पेशा भने शिक्षण स्तम्भकार, लेखनको साथै समाज सेवामा आवद्धता देखिन्छ । संक्षेपमा भन्नु पर्दा नीलकण्ठ एक बहुप्रतिभाका धनी हुनुहुन्छ । लेखन क्षमता नै उहाँको उच्च परिचय हो । कृतिको संरचना – श्रम–साधना महाकाव्यको संरचना १५ सर्ग १६४७ चतुष्पदी र दुई पदीय श्लोकबाट भएको छ यस महाकाव्यको प्रकाशन पूर्वखोला गाउँपालिकाले गरेको छ । मूल्य ५००।–रुपियाँ राखिएको छ र पूर्वीय महाकाव्यको मान्ँयतालाई आत्मसात गरी संरचित यस महाकाव्यलाई माता पितामा समर्पित गरिएको छ । साहित्यकारहरूको धारणा – प्रकाशकीयमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले लेख्नुुहुन्छ –‘राम्रो प्रकृति चित्रणम सहित सुखी नेपाली जीवन शैली र समृद्ध नेपालको परिकल्पनामाा काव्य सन्देसमूलक छ ।’ टंकप्रसाद पन्त लेख्नुहुन्छ –‘प्रस्तुत महाकाव्यको कथावस्तु नेपालको राष्ट्रिय अखण्डता र समृद्धिका विषयममा केन्द्रित रहेको छ ।’ प्रा डा. वेणीमाधव ढकाल लेख्नुहुन्छ – परम्परागत महाकाव्यीय संरचनाको अधिकांश प्रयोग गरी वीर रसलाई केन्द्रमा राखेर श्रमको महत्वलाई हरेक कोणबाट पुष्टि गरिएको यो महाकाव्य नेपालीमात्र होइन विश्व साहित्यमै नवीन प्रयोग बन्ने छ ।’ मोदनाथ प्रश्रितको धारणमा –‘श्रम–साधना जस्तो वहुआयमिक महाकाव्यको उपहार पायो सिंगो नेपालले।’ प्रदेश सांसद नारायणप्रसाद आचार्यको शुभ कामना प्राप्त गरेको यस महाकाव्यमा स्वयम् महाकाव्यकार नीलकण्ठ न्यौपानेले लेख्नुहुन्छ –‘ श्रम–साधना दुबै मेरा आराध्य देव हुन् । मेरो दृष्टिमा बसी खाने जीवन भन्दा गरी खाने जीवन पद्धति श्रद्धेय बन्छ । ’ सर्गगत पोखिएका केही धारणाहरू–प्रथम सर्ग शब्द पुष्प अर्चना,शीर्षकमा पदयात्र, र संवाद उपशीर्षकको रूपमा प्रस्तुत गरिएको छ – महाकाव्य लेखन पूर्वीय परम्परा अनुसार मङ्गला चरणको रूपमा यो सर्ग आएको छ । मातृभूमिप्रति शब्दपुष्प लिएर महाकाविले आराधना गर्दै श्रमसाधनाको माध्यमबाट आफ्नै देश सिर्जना गरौं भन्दै गहन राष्ट्रियताले भरिएका शब्क्दको साथमा महाकवि बोल्छन् – नेपाली घरमा बसी सवजना नेपालकै कीर्तन गर्दै राष्ट्र विकासको शिखरमा पुग्ने गरौं चिन्तन हामी भक्त बनौ पवित्र श्रमको नेपाल हो मन्दिर पारौं झल्मल सीप ज्ञान विधिले कैलाश धामैनिर (श्लोक ३ पृष्ठ १) पदयात्रा उपशीर्षकमा धेरै गहन धारणा आएका छन् । राष्ट्रले भोग परेका गरिबीको प्रवलता, भोकमरीको बहुलता, देशलाई अगाडीलान चाहे जल आदि स्रोतको प्रचुरता, प्रकृतिकको सुन्दरताले परिपूर्णता, वीर पूर्खाका सन्तती कायर भएर बस्न नहुने परआश्रित भएर बस्न नहुने आफ्नै स्वाभीमानी भएर अर्थोेपार्जन गर्न सकिने जस्ता गहन धारणले भरिएको छ पदयात्रा । केही श्लोक हेरौं – प्रकृतिको सुन्दर चित्रण – यहीं गौरीशंकर निलगिरि यहीं मुक्ति शिखर यहीं अन्नैपूर्ण दिगवसनधारी गिरिधर यहीं माछापुछ«े प्रतिदिन झिरोली छ रटना पसेको फेवामा हिम शिखर भेटिन्छ घटना (श्लोक २३ पृष्ठ ४) झरेको स्वर्गै हो भुवनभर नेपाल धरणी महाकाली मेची प्रकृति पूmलबारीको छ अवनी तला सग्ला चाक्ला समतल महीमान छ प्रथा म भित्रै भेटिन्थे विविध महिमा स्थापित कथा श्लोक ३९, पृष्ठ ६ संवाद– यस उपशीर्षकमा नायक(श्रम)सँग संवाद भएको छ । नायकले आफ्नो परिचय यसरी दिएका छन् – म नेपाली यौटा अथक श्रमजीवी श्रमिक हुँ श्रमैमा बाँचेको श्रम शिविरका साधक म हु पुजारी भै पूजा श्रमसँग प्रवासी भगत हुँ चिनारी आस्थाको श्रम जगतको तागत म हुँ (पृष्ठ ९ श्लोक ५४) यहाँ श्रमिकलाई हरेक क्षेत्रमा खटेर आफ्नो श्रमको लगानी गरेर सेवा पु¥याएका धारणा आएका छन् । श्रमै हीरा मोती चल अचल सम्पत्तिको रूपमा लिइने, श्रमैबाट सकल उत्पादन गर्न सकिने आदि आदिमा श्रमको उच्च मूल्याङ्कनको रूपमा दर्शाइएको छ । यस सर्गमा महाकविे राष्ट्रप्रतिको आस्था श्रद्धा र समर्पणमा मन खुलाएर प्रस्तुत भएका छन्। सर्ग–द्वुतीय यस सर्गमा स्वाभिमानी इतिहासको हाम्रो जन्म घर शीर्षक दिएर पाल्पाली इतिहासलाई प्रस्तुत गरिएको छ । पाल्पा एउटा ऐतिहासिक रूपमा हेरौं या विविधताले सजिएको स्थान भनौं प्राचिनकालमा एउटा सुन्दर राज्य थियो । धर्म पाल सेन पाल्पाका सेनवंशी पहिला राजा थिए । यस वंशका राजा मुकुन्द सेनको प्रसिद्धि आज पनि चर्चामा आएको पाइन्छ । महाकाव्यले पाल्पामा को कोले राज्य गरे यी सबै ऐतिहासिक विवरणलाई स्पष्टसँग दर्शाको छ । नेपाल राज्यमा पाल्पा एकिकरण भएपछि पनि महाकाव्यले इतिहासलाई समेटेको छ । पाल्पा एउटा उर्वरक भूमि हो । यहाँ माडी जहाँ माण्डवी ऋषिको तपस्थल हो । यो सुन्दर उर्वरक माडीफाँट हो । यस्ता उर्वरक फाँटहरू थुप्रै छन् । अर्गली गोपालको नामले चिनिएको फाँट हो । यस काव्यले काली गण्डकीको महिमा, शालिग्रामको महत्वको साथै पाल्पाली श्रमवीरका थुप्रै कथाहरू समेट्ने प्रयास भएको छ । पाल्पाली श्रम साधकीका कार्य शैलिलाई कविले यसरी प्रस्तुत गरेका छन् – पाल्पाली श्रम साधकी मिलिजुली गर्छन् जहाँ उन्नति पाल्पाली परिवेशमा छ श्रमकै प्रीत कथा आरती पाल्पा पौरखमा सदा मन रमी श्रृङ्गार भर्ने सदा पाल्पा चित्र विचित्र सुन्दर छटा प्राकृत्य छन् सम्पदा (श्लोक १९ पृष्ठ २१) यस सर्गमा पाल्पालाई एउटा पवित्र एवम् धार्मिक स्थलको रूपमा चित्र
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update