Erani Mahal
भारतमा अलपत्र नेपालीलाई उद्धार गर्ने पाल्पा जिल्ला समन्वय बैठकको निर्णय
dcc meeting2 acopy
पाल्पा– पाल्पा जिल्लाको समन्वय बैठकले भारत लगाएतका तेस्रो मुलुकमा अलपत्र परेका जिल्लाबासीलाई उद्दार गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिका का.वा. अध्यक्ष मिरा मरासिनीको अध्यक्षतामा जिल्लाका सबै गाउँपालिका र नगरका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा आकस्मिक बैठक बसेर छिमेकी जिल्ला भारतका विभिन्न स्थानमा अलपत्र रहेको जिल्लाका नागरिकहरुलाई सम्पर्क गरेर जिल्लामा उद्दार गरिने भएको हो । बाहिर रहेका व्यक्तिहरुले गाउँपालिका, प्रहरी, प्रशासन आदिमा खबर गरेकाले त्यस्ता व्यक्तिलाई पटक पटक लिन जानुको साटोमा एकमुष्ट ल्याएर क्वारेन्टाइनमा राखिने भएको छ, जिल्ला समन्वय प्रमुख मिरा मरासिनीले भन्नुभयो, जसले भारत लगाएतका छिमेकी मुलुकमा अलपत्र जिल्लाका नागरिकलाई ल्याउन र व्यवस्थापन गर्न समेत सहज हुनेछ । भारतबाट आएका मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिने, उनीहरुको आरडिटी, पिसिआर विधिबाट चेकजाँच गरिने र त्यसको लागि तथ्याङ्क संकलन र व्यवस्थापनको लागि तानसेन नगरपालिकामा हेल्प डेक्सको समेत स्थापना गरिने भएको छ । यस्तै जिल्लामा स्थापना गरिने भएको आइसोलेशन बेडहरु ५ दिन भित्र निर्माण गर्ने समेत बैठकले निर्णय गरेको छ । हेर्नुहोस् जिल्लाको समन्वय बैठकले गरेका निर्णयहरु ः
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update