Erani Mahal
पाल्पामा फ्रन्ट लाइनमा कार्यरत कर्मचारी र सुरक्षा निकायको आरडीटी परीक्षण
d
पाल्पा– जिल्ला कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार लकडाउन र कोरोना संक्रमणको समयमा फ्रण्ट लाइनमा अग्रभागमा रहेर कार्यरत कर्मचारी, सुरक्षा निकाय र पत्रकारहरुको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसको संक्रमणका सम्बन्धमा ज्यानकाे बाजी राखेर अग्रभागमा रहेर कार्यरत रही देश र जनताकाे सेवामा समर्पित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, शसस्त्र प्रहरी, अनुसन्धान र नेपाली सेनाका कर्मचारीहरुलाई आरडिटि परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना संक्रमणको समयमा समेत दिनरात जनताको सेवामा खटिएका सुरक्षा निकायका कर्मचारी र जिल्ला प्रशासनका कर्मचारीहरुलाई आरडिटि परीक्षण गरिएको हो । पाल्पाका छिमेकी जिल्लाहरुमा काेराेना संक्रमण देखिएसँगै काेराेना राेकथामका लागि पाल्पा जिल्लामा थप कडाइ समेत गरिएकाे छ । यस अघि पाल्पामा सीमामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाका कर्मचारीलाइ पनि परीक्षण गरिएकाे थियाे । यस्तै अन्य स्थानमा रहेर जाेखिममा खटिएका स्वास्थ्यका कर्मचारीकाे समेत काेराेना परीक्षण गरिने समितले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update