Erani Mahal
सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारी निर्णयको नेपाल महिला संघद्दारा बिरोध
mama
पाल्पा -अति अशक्त अपाङता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका एकल बिधवा महिलाका लागि सरकारले दिदै आएको भत्ता हाललाई रोक्ने सरकारको निर्णय प्रति नेपाल महिला संघ पाल्पाले बिरोध गरेको छ । नेपाल महिला संघ पाल्पाले आज प्रेस बिज्ञप्ति निकाल्दै नेपाल महिला संघ पाल्पा सदैव महिला दिदीबहिनीको हकहितमा लड्दै आइरहेको छ । बिगतका सरकारले नियमित दिदै आएको अति अशक्त अपाङ्गता र एकल महिलाको भत्ता यो सरकारले रोकेकोमा संघको ध्यानाकर्षण भएको जनाएको छ । नेपाल महिला संघकी अध्यक्ष गंगा पौड्याल, उपाध्यक्ष मिना पन्थी र सचिव सुनिता अधिकारीद्दारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ- अति अशक्त अपाङ्गता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका असहाय एकल महिलालाई दैनिकी चलाउन सहज हुने सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयप्रति घोर भत्सर्ना गर्दै तत्काल यो निर्णय सच्याउन सरकार संग माग गर्दछौ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update