Erani Mahal
निस्दी गाउँपालिकामा  भारतबाट आएका २० जनालाई उद्दार गरिदै
NISDI
पाल्पा- निस्दी गाउँपालिकाले भारतबाट आएका २० जनालाई उद्दर गरिदै छ। रोजगारीको सिलसिलामा भारतबाट फर्केर रुपन्देहीको सुनौली नाकामा आइपुगेकोहरुलाई पालिकाले बसको व्यवस्था गरेर ल्याउने भएको हो। निस्दी गाउँपालिका वडा नम्बर १ बाकामलाङका ५ जना र वडा नम्बर २ सहलकोटका १५ जना गरि २० जनालाई ल्याएर सम्बन्धित वडाको क्वारेन्टाइनमा राखिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । त्यस्तै भारतबाटै फर्केर नेपालको महेन्द्रनगरमा क्वारेन्टाइनमा बसेर आउनुभएको निस्दी ३ झिरुबासका १ जनालाई पालिकाले आजै उद्दर गरेर लक्ष्मी माविको क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष लक्ष्मी प्रसाद पाटाले बताउनुभयो । बिपत व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नको लागि निस्दीले सातै वडामा गरि कुल २ सय ५० बेडको क्वारेन्टाइन तयार गरिने निस्दी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । यसअघि निस्दीले अन्य जिल्लाबाट आएका समेतलाई पनि अनिवार्य क्वारेन्टाइनमा राख्दै आएको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update