Erani Mahal
तानसेन नगरपालिकाद्वारा शिक्षकलाइ अनलाइन मार्फत शिक्षण सिकाइ तालिम
Tansen
पाल्पा । तानसेन नगरपालिकाको आयोजनामा अनलाइन मार्फत शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्न शिक्षकहरुको कार्य क्षमता वृद्धि गर्ने उद्येश्यले ICT सम्बन्धि सिकाइ सहजीकरण तालिम दिएकाे छ । उक्त तालिमको उद्घाटन तानसेन नगरपालिका नगर प्रमुख अशोककुमार शाहीले अनलाइन मार्फत नै गर्नु भएको थियो । शाहीले उद्घाटन समारोहमा कोभिड १९ को प्रभावको कारण बिधालयका शिक्षक र बिधार्थीलाइ परेको प्रभाव लाइ मध्यनजर गर्दै यस तालिम आयोजना गरिएको र घरमै बसेर शिक्षकहरुले आफ्नो क्षमता वृद्धि गर्न सक्ने हुदा यस्तो किसिमको तालिम जरुरि रहेको बताउनु भयो । विशिष्ट अथितिको आथित्यता गर्नुभएका ठाकुर गैरेले यस कार्यक्रमको शुभकामना दिनु भयो । यस कार्यक्रमको अध्यक्षता ता.न.पाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले गर्नु भएको थियो । उदघाटन सत्रको कार्यक्रम संचालन तालिम व्यवस्थापन समितिका सदस्य कृष्ण बहादुर थापाले गर्नु भएको थियो । यस तालिमको स्वागत तालिम व्यवस्थापन समितिका सदस्य भरत प्रसाद न्यौपानेले गर्नु भएको थियो भने तालिमको उदेश्यमाथि शिक्षक तथा तालिम व्यवस्थापन समितिका सदस्य जीवन आचार्यले बताउनु भएको थियो । सूचना प्रविधिको प्रयोग गरि बिधालयका शिक्षकहरुलाइ दिएको तालिमले शिक्षकहरुको सिकाइले गर्दा आफ्नो बिधालयमा रहेका विधार्थीहरुलाइ पनि यहि मध्यम द्वारा सिकाउन सकिने कुरा यस तालिमका सहजकर्ता साथै तानसेन नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताउनु भयो । अनलाइन तालिममा १०० जना शिक्षकहरुको सहभागी रहेको थियो भने सहजकर्ताको रुपमा सु.प्र.अ प्रकाश गैरे शिक्षक तथा तालिम व्यवस्थापन समितिका सदस्य जीवन आचार्य ,मनोहर थापा र महेन्द्र लम्साल रहनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update