Erani Mahal
भारतका ६ लाख प्रवासी नेपाली घर फर्कन पाएनन् :  पीडित भन्छन ‘भोट र नोट चल्ने दुःखमा उद्दार नगर्ने ?’
parvasi
भुवन कार्की बुटवल । विश्वभर फैलिएको कोरना संक्रमणको खतरा बढेपछि भारतमा बस्ने नेपाली प्रवासीहरु नेपाल आउने ब्यग्र प्रतिक्षामा रहेका छन् । उनीहरुले सहज रुपमा नेपाल फर्कन नसकेको गुनासो गरेका छन् । उनीहरुले नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारले प्रवासी नेपालीलाई फर्काउने ठोस् पहल नगरेको भन्दै आक्रोश समेत ब्यक्त गरेका छन् । भारतको गोवाबाट फोन सम्पर्कमा आएका सुनिल रावतले भने, ‘यहाँका नेपालीहरुको खाना खर्च पनि सकिन लागेको छ, गोवा सरकारले अब धेरै समय सेल्टर दिन सक्दैन तर नेपाल सरकारले नेपालीलाई फर्काउन ठोस् पहल गर्न सकेको छैन ।’ रावतका अनुसार करिब ६ लाख नेपाली प्रवासीहरु भारतका विभिन्न प्रान्तमा छन् । भारतमा लामो समय बसेका सामाजिक अभियन्ता रावतले गोवा प्रान्तमा मात्र आठ हजार प्रवासी नेपालीहरु स्वदेश फर्कन चाहेका छन् । तर लकडउनको कारण उनीहरु बाहिर निस्कन पाएका छैनन् । कलकारखानाहरु बन्द भएपछि उनीहरुको रोजिरोटी समेत खोसिएको छ । रावतले दिएको जानकारी अनुसार कालापानी र लिपुलेकको सीमाना विवादले भारतमा नेपालीलाई गर्ने ब्यवहारमा समेत फरक आएको छ । गुजराँत तथा मुम्बइमा रहेका नेपालीलाई भारतीयले दुब्र्यबहार गर्न लागेको त्यहाँका नेपालीले जानकारी गराएको रावतले बताए । लकडाउनपछि रोग र भोकको शोकले गुजराँत र मुम्बईमा पाँच जना नेपालीले आत्महत्या गरिसकेको रावतले बताउनुभयाे । गुजराँत निवासी नेपाली युवा सुरत विश्वकर्माका अुनसार त्यहाँ ७० हजार प्रवासी नेपालीहरु नेपाल फर्किने ब्यग्र प्रतिक्षामा छन् । त्यस्तै मुम्बई निवासी धिरेन सिंहका अनुसार मुम्बईका दुई लाख र दिल्लीका दुई लाख नेपाली प्रवासीहरु नेपाल फर्कन चाहेका छन् । नेपालको प्रदेश नं. ५ स्थित दाङ घर भएका सुनिल रावतले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो क्षेत्रका मानिस फर्काउन पहल गर्नुपर्ने बताए । रावतले भने, ‘मैले मुख्यमन्त्री शंकर पोखरेललाई पत्र लेखेर प्रवासी नेपालीलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको हुँ तर त्यसको कुनै प्रतिक्रिया पाएको छैन ।’ मुख्यमन्त्रीले बेलाबेला लेख्ने फेसबुक स्टाटसको अध्ययन गर्ने गरेका रावतले भन्नुभयाे, ‘मुख्यमन्त्री ज्यूको स्टाटसहरु हेर्ने गरेको छु तर भारतमा रहेका नेपालीलाई फर्काउने भन्दा उतै सुरक्षित बसुन् भन्ने आशय उहाँलले ब्यक्त गरिरहनुभएको छ ।’ भारतमा रहेका नेपाली विगत तीन महिनादेखि कामबिहीन भएकाले अब खाना खर्च सकिने अवस्थाले पिरोलिएको उनको तर्क छ । रावतले प्रतिप्रश्न गर्दै भने, ‘प्रवासी नेपालको भोट र नोट चल्ने तर उनीहरुलाई आपत पर्दा उद्दार गर्न नेपाल सरकारले नसक्ने ?’ उनले अगाडि थपे, ‘हामीलाई मिडियाकर्मीले पनि सहयोग गरिदिनुहोस्,आफ्नो देशका नागरिकको नाताले यतिबेला हामी उद्दारको पर्खाइमा छौं ।’ नेपाल फर्किदा सीमामा हुने अवरोधले नेपालहरु लकिछिपि भित्रिने गरेको र त्यसले झन् बढी कोरना संक्रमणको खतरा बढेको उनको भनाई छ । भारतका प्रान्त सरकारहरुसंग समन्वय गरेर नेपाल सरकारले आफ्ना नागरिक फर्काउनुपर्ने बताउनुभयाे । रावतका अनुसार भारतको उत्तराखण्डबाट ५० हाजार, पन्जावबाट ८, हरियाणादेखि ५, राजस्थानदेखि १५, हिमाचलका २०, छत्तिसगढका ५, उत्तरप्रदेशका २०, मध्यप्रदेशका ६, जम्मुकश्मीरका १०, कर्नाटकका ४०, केरलाका २०, तमिलनाडुका ७ र पश्चिम बंगालका ४० हजार प्रवासी नेपालीहरु नेपाल फर्कन चाहन्छन् । तर नेपाल फर्कने उपयुक्त वातावरण नबनेकाले उनिहरु फर्कन नसेको राउवले बताउनुभयो । तस्विर ः मुम्बइको एक बसपार्कमा सवारी कुरिरहेका प्रवासी नेपाली । स्रोत ः सुनिल रावत
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update