Erani Mahal
रामपुर पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा बेपत्ता दुइ बालक मृत फेला
la s
पाल्पा । जिल्लाकाे रामपुर पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा जेठ ४ गतेदेखि बेपत्ता भएका २ बालक मृत अवस्थामा फेला परेका छन् । गत आइतवार घर नजिकै काली नदीमा पाैडि खेल्न गएका बालकहरु नदीमा हराएकाेले खाेजी कार्य जारी रहेकाे थियाे । रामपुर १० सिकाेडाँडाका १० बर्षिय सुनिल भट्टराइ र साेही स्थानका १० वर्षका समिर चापागाइकाे खाेजि भइरहकाेमा उनीहरु नदीमा मृत अवस्थामा फेला परेकाे प्रहरी चाैकी हुँगीले जनाएकाे छ । उनीहरुकाे शवलाइ रामपुर अस्पतालमा ल्याइ पाेष्ट मार्टम गरी प्रहरीले आफन्तकाे जिम्मा लगाउने भएकाे छ । रामपुर नपा-१० मलाैटे, पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा २ बालक बेपत्ता भएका हुन् । उनीहरुकाे खाेजी कार्यका लागि जनप्रतिनिधि प्रहरी र स्थानीय सहितकाे टाेलिले दैनिक घटना स्थल र आसपासमा खाेजिरहेका थिए । कालिगण्डकि क्षेत्रमा पाल्पामा पाैडि खेल्दा दर्जनाैं मानिसहरु वर्षिनी बेपत्ता हुने गरेका छन्
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update