Erani Mahal
पाल्पामा ३५ जना पत्रकारको  काेराेना आरडिटी परीक्षण गरिदै
covid-19-test
पाल्पा, जिल्लामा रहेका ३५ जना क्रियाशिल पत्रकारहरुको कोरोना भाइरस सम्बन्धि पहिलो चरणको परीक्षण आरडिटि चेकजाँच गरिने भएको छ । जिल्ला सिसिएमसिको निर्णय र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको सिफारिसमा पहिलो चरणमा ३५ जना पत्रकारको आरडिटि परीक्षण गर्न थालिएको पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार आर्यालले बताउनुभयो । अर्यालका अनुसार पहिलो चरणमा ३५ जना पत्रकारको आरडिटि परीक्षण गरिने बताउनुभयो, उहाँले जस्तोसुकै संवेदनशील अवस्थामा समेत पत्रकारले आफ्नो भूमिका निर्वाह गरिरहेकाले उनीहरुलाई समेत संक्रमण हुन सक्ने भएकाले आरडिटी परीक्षण गर्न थालिएको हो । पहिलो चरणमा कार्यसमितिका ११ जना, सल्लाहकार ४ जना, राष्टिय मिडियामा आबद्ध ७ जना, प्रदेश स्तरका मिडियाका २ जना र स्थानीय मिडियाका ११ जना गरी ३५ जनाको आज दिउँसो १ बजेदेखि परीक्षण गरिनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update