X

संक्रमितले पढाउने स्कुलमा क्वारेन्टाइन छैन: मदाने गाउँपालिका, भ्रामक समाचारका पछि नलाग्न आग्रह

रानीमहल संवाददाता || ७ जेष्ठ २०७७,बुधबार १७:१४

गुल्मी- गुल्मीको मदाने गाउँपालिका वडा नं ६ निवासी ४१ बर्षिय शिक्षकले अध्यापन गराउने विद्यालयमा क्वारेन्टाइन नभएको र उनी कुनै क्वारेन्टाइनमा पनि नगएको साे गाउपालिकाले प्रष्ट्याएकाे छ ।

मदाने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले आज दिउँसो एक विज्ञप्ति प्रकाशित गरि निज शिक्षककाे घर नजिकै स्कुल नभएको र उनले पढाउने स्कुलमा क्वारेन्टाइन नरहेको र उनी क्वारेन्टाइनमा खाना पुर्‍याउन पनि नगएको प्रष्ट्याएकाे हाे ।

गुल्मीको मदाने गाउपालिका वडा नं ६ निवासी ४१ बर्षिय शिक्षककाे रूपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेको र उहाँको जेठ ५ गते भैरहवामा स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा काेराेना संक्रमण पुष्टि भएको र हाल अस्पतालकाे भ्यान्टिलेटरमा उपचार भैरहेको जनाउँदै विज्ञप्तिमा उहाँकाे घर नजिकैकाे उहाँले अध्यापन गराउने विद्यालयमा क्वारेन्टाइन नरहेको र उहाँ कवारेन्टाइनमा खाना पुर्‍याउन कहिल्यै नगएको नगएको पनि गाउपालिकाले प्रष्ट्याएकाे छ ।

गाउपालिकाले आज दिउँसो जारी गरेको विज्ञप्तिमा लकडाउन अवधिभर घरमै रहेको र स्वास्थ्यप्रति सचेत नागरिक उहाँलाई कसरी काेराेना देखियो भन्ने विषयमा अध्ययन भैरहेको जनाउँदै उहाँको स्वास्थ्य अवस्था र घर नजिकै क्वारेन्टाइन थियो भन्ने भ्रामक समाचार प्रसारणबाट आफुहरू अत्यन्तै मर्माहत भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys