Erani Mahal
नेपालमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ सय २७ पुग्यो
covid-19-test
काठमान्डाै‌ं - नेपालमा पछिल्लाे नयाँ अपडेट अनुसार ४ सय २७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको हाे । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् भने १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update