Erani Mahal
तानसेनमा बहुउद्देश्यीय भवन सहितको बसपार्क बनाउन, आवश्यक रुख कटान सुरु
b 4
पाल्पा– पाल्पामा सुविधा सम्पन्न बसपार्क अभाव र बसपार्क साँघुरो हुँदा सयौं सवारीहरु पार्किङ्गमा समस्या रहेकोमा तानसेन नगरपालिकाले बहुउद्देश्यीय भवन सहितको बसपार्क निर्माणको काम सुरु गरेको छ । नगरपालिकाले गौरवको आयोजनाको रुपमा तानसेन ५ बनदेवी क्षेत्रमा बहुउद्देश्यीय भवन सहितको अत्याधुनिक बसपार्क निर्माणको कामको सुरुवात गरिएको हो । लामो समयदेखि रोकिएको बसपार्क निर्माणको काम र अन्योलता अब अन्त्य भएको छ, बसपार्कको लागि आवश्यक रुख कटानको सुरुवात गर्दै नगरप्रमुख अशोककुमार शाहीले भन्नुभयो, यसले नगरको विकासमा समेत प्रत्यक्ष महत्व राखेको छ । तानसेन नगर पालीका वडा नं ५ अन्तर्गत बनदेबी मा नयाँ बसपार्क निर्माण को क्रममा रुख कटान को लागि प्रदेश सभासद नारायण प्रसाद आचार्य, वीरबहादुर राना, डा पुरनमान बज्राचार्य, जिल्ला समन्वय कावा प्रमुख मिरा मरासिनी, नेकपाका नेता ठाकुर गैरे जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्थानीय र कर्मचारीहरुको उपस्थितिमा वनको रुख कटानको सुरुवात गरिएको हो । तोकिएको समयमै बसपार्क निर्माण गरेर तानसेनको अव्यवस्थित पार्किङ्गको समस्यालाई समाधान गर्ने लक्ष्य नगरपालिकाको छ । साँघुरो सडक र अव्यवस्थित बसपार्ककका कारण तानसेनमा घुम्न आउने सवारी तथा गाउँगाउँसम्म जाने लामो तथा छोटा दुरीका सवारी टुँडीखेल, विशालबजार, नारायणस्थान, मिसन, लगायतका बजारका चोक र गल्लीमा अव्यवस्थित रुपमा राखिदै आएको छ जसले तानसेनको सौन्दर्य समेत घटाएको थियो । नगरपालिकाले बसपार्क निर्माणको लागि वनदेवी क्षेत्रमा रहेको सामुदायिक वनको काठ कटानको लागि सरकारले अनुमति दिएको थियो त्यसपछि बसपार्क निर्माणको लागि टेन्डर गरी आवश्यक कामको सुरुवात गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update