Erani Mahal
कोरोना रोकथाम बारेमा पाल्पाका राजनीतिक पार्टी एकजुट (हेर्नुहोस् विज्ञप्ती सहित)
Parti
पाल्पा, पाल्पा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधीहरुकोे संयुक्त रुपमा बैठकबसी विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाल्पा जिल्ला हाल सम्म सुरक्षित रहन सफल भएकोमा यस कार्यमा सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, स्थानिय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधिहरु, संचारकर्मी, स्वयंसेवक, पार्टी कार्यकर्ताहरु तथा आम जनसमुदायहरु र सम्बन्धित सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । उनीहरुले आगामी दिनहरुमा समेत प्रभावकारी भूमिका निभाउन हार्दिक अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्य, नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना, राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, राष्टिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले संयुक्त बक्तव्य जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको र नेपाल सरकारले समेत यसबाट जोगिनका लागि विभिन्न उपायहरू सहित अपिल गरेको हुँदा यसका लागि प्रभावकारी पहलकदमी लिनुपर्ने बताएका छन् । वर्तमान सन्दर्भलाई दृष्टिगत गर्दै निम्न अनुसारका गतिविधिहरु सञ्चालन गर्न गराउन हुन पाल्पाली जनसमुदायमा अनुरोध समेत गरिएको छ ः लकडाउनको पूर्ण पालना गर्ने÷गराउने । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने र अरुलाई पनि ननिस्कन अनुरोध गर्ने । बाहिरी मुलक तथा बाहिरी जिल्लाबाट आएका नगारिकहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई सहयोगगर्ने । बजारमा उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्ने, कालो बजारी तथा मिसावट गर्ने÷गराउनेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने । जेष्ठ नागरिक, बालबालिका, दिर्घरोगी र फरक क्षमता भएका नागरिकहरु घर भित्रै मैत्रिपूर्ण वातावरणमा बस्न सहयोग गर्ने । कोरोनासँग मिल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल जाने÷लैजाने र डाक्टरको सल्लाह बमोजिम गर्ने÷गराउने । आवश्यक सहयोगका लागि स्थानिय सरकार र प्रशासानसंग समन्वय÷सहयोग गर्ने । लकडाउनका कारण अति विपन्न, श्रमजिवी वर्गको दैनिकी चल्न समेत समस्यामा रहेकाहरुको पहिचान गरी स्थानिय सरकारसंग समन्वय गरी राहत उपलब्ध गराउन सहयोग गर्ने । स्थानीय उत्पादन र निमार्णका काममा श्रमजिवी जनतालाई सहभागी गराई रोजगार दिने । जिल्लामा रहेका अस्पतालहरुले कोरोना भाइरस (कोभिड–१९) रोगको उपचारकालागी आवश्यक भेन्टिलेटर, आसियु, पिपिई लगायतका सामाग्री थप गरी आवश्यक तयारीमा रहन अनुरोध गर्ने । पाल्पा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) परिक्षणको दायरा फराकिलो बनाउने, स्वास्थ्य उपकरण र आवश्यक जनशक्तिको व्यवस्था गर्न सरकार संग माग गर्ने । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागी आईसोलेसन बेड लगायतका आवश्यक उपकरण व्यवस्थापनका लागी सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गर्ने । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय सरकारले गरेको अतिक्रमित भुभाग नेपाल सरकारले हालै सार्वजनिक गरेको नक्सामा समेटिएकोमा धन्यबाद दिदै, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर्न कुटनितिक पहलका लागि नेपाल सरकारलाई अनुरोध गर्दछौं ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update