Erani Mahal
नेपाली काँग्रेस तेल्घाद्वारा ६२ घरपरिवारलाई राहत बितरण
Rahat
पाल्पा- नेपाली कांग्रेस तानसेन वडा नं १० वडा समितिले तेल्घाका ६२ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ । राहत पाउनुपर्नेलाई पनि नगरपालिकाले राहत नदिएको भन्दै नेपाली कांग्रेस वडा समिति समक्ष वडावासीले राहत व्यवस्थाकालागि आग्रह गरेपछि नामावली संकलन गरी वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको पार्टीका वडा सभापति रामचन्द्र कार्कीले जानकारी दिनुभयो । नेपाली कांग्रेस वडा समितिले दोस्रो चरणको राहत वितरण तत्काल अगाडि बढाउन नगरपालिकाको ध्यानाकर्षण गराए पनि दोस्रो चरणको राहत वितरण सुरु नगर्दा दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्ने मजदुरहरू समस्यामा परेकोले कांग्रेसले आफ्नोतर्फबाट सकेजति राहत वितरण गर्न थालेको वडा समितिले जनाएको छ । कार्यक्रममा नेपाल विद्यार्थी संघ पाल्पाका कार्यबाहक सभापति सुरेश बोहोराले पहिलो चरणको राहत पाएकाहरूलाई दोस्रो चरणको राहत आवश्यक परिसकेको अवस्थामा पहिलो चरणमै राहत पाउनुपर्ने विपन्न परिवारले राहत नपाउँदा उनिहरूलाई दैनिक गुजारा चलाउन समस्या परेकोले कांग्रेसले पहल गरेको बताउनुभयो । यस अगि १० नं वडामा तानसेन गुठी काठमाडौले १९ घर परिवारलाई राहत उपलब्ध गराएको सभापति कार्कीले बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला नेता शिवचन्द्र खनालले बच्चाका लागि १६ प्याकेट पौष्टिक आहार र हातधुने साबुन उपलब्ध गराएका थिए । संकलित राहत सोहि वडावासि समाजसेवी एवं विदेशमा पढ्ने विद्यार्थीहरूले समेत सहयोग गरेको जनाइएको छ । राहत स्वरूप १५ केजी चामल,१ केजी,दाल,१ केजी नुन,१ लिटर खाने तेल वितरण गरिएको थियोे । नेपाली कांग्रेस वडा समितिले २ दिन अघि मात्र नगरपालिकाको वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै तत्काल दोस्रो चरणको राहत वितरण गर्न र पहिलो चरणमा छुटेकाहरूलाई समेत समेटेर राहत वितरण गर्न माग गरेको पार्टीका वडा समिति कोषाध्यक्ष दामोदर घिमिरेले जानकारी दिनुभयो । राहत वितरणलाई राजनीतिसँग मात्रै नजोडेर मानवीय हिसाबले भेदभाव रहित बनाउन पनि कांग्रेसले माग गरेको छ ।सो अवसरमा वडामा रहेका १६ जना बालबालिकाहरूलाई पौष्टक आहार र हात धुने साबुन समेत वितरण गरिएको थियोे ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update