Erani Mahal
पाल्पामा लकडाउनलाई थप कडा बनाइने, अत्यावश्यक सवारीलाई टाइमकार्ड लागु
DAO Notice
पाल्पा, पाल्पामा लकडाउनलाई प्रभावकारी रुपमा लैजाने र अत्यावश्यक सवारी साधनलाई टाइम कार्ड लागु गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउने सम्बन्धमा मंगलवार बसेको CCMC बैठकले लकडाउनलाई प्रभावकारी रुपमा जारी राख्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो । बैठकले नेपाल सरकार मन्त्रिपरिषद्काे निर्णयानुसार देशभर लकडाउन बन्दाबन्दीको अवधि जेठ २० गतेसम्म बढाउने निर्णय भएअनुसार पाल्पा जिल्लाभर उक्त अवधिसम्म लकडाउनलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस्तै छिमेकी जिल्लाहरुमा कोभिड – १९ को बढ्दो संक्रमण र देशभर फैलिदै गएको यसको प्रभावलाई मध्यनजर राखी अत्यावश्यक आवश्यकताका वस्तुहरुको ढुवानी ९खाद्यान्‍न, औषधी, खानेपानी, पशुपन्छीको आहार, ग्याँस र पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव वाहन, दमकल, मृत्युसंस्कार, विद्युत, सञ्‍चार, सुरक्षाकर्मीले प्रयोग गरेका र पास लिएका सवारी साधन, निर्माण सामग्री बोकेका ढुवानीका साधन तथा राजमार्गमा गुड्ने सवारी साधनहरु जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी बाहेकका सबै प्रकारका सवारी साधनहरु र मानिसहरुको एक जिल्लाबाट अर्को जिल्लाको आवगमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको प्रजिअ सुवेदीले बताउनुभयो । जिल्ला भित्र तरकारी, दुध, फलफूल, खाद्यान्‍न लगायतका पसलहरु, बैँक तथा वित्तिय संस्थाहरु यस अघिका निर्णय बमोजिम नै खुल्ने । ती बाहेकका सबै पसलहरु पूर्ण रुपमा बन्द रहनेछन् । यस्तै जिल्ला भित्र खाद्यान्‍न, तरकारी, दुध लगायतका आत्यावश्यक आवश्यकताका बस्तुहरुको ढुवानी बिहान ७ बजे देखि ११ बजेसम्म संचालन गर्ने । जिल्ला भित्र निर्माण सामाग्री बोकेका सवारी साधनहरु बेलुका ६ बजे देखि ९ बजेसम्म संचालन गर्ने । जिल्ला बाहिरबाट खाद्यान्‍नको ढुवानी गर्दा मालबाहक ट्रकबाट मात्र ढुवानी गर्ने । त्यसरी ढुवानी गर्दा बिहान ७ बजे भित्र दोभान पुगीसक्ने गरी र बेलुका ७।३० बजे भित्र दोभानबाट भित्रीसक्ने गरी ढुवानी गर्ने । जिल्ला बाहिरबाट सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री बोकेका ढुवानीका साधनहरु सोमबार, बुधवार र शनिवार सञ्‍चालन गर्ने । जिल्लामा सञ्‍चालित औद्योगिक उत्पादनहरु उत्पादन क्षेत्र र ढुवानी हुने सम्बन्धित स्थानीय तहको सिफारिस सहित सञ्‍चालनको लागी माग भएमा उत्पादनका सामग्रीहरु जिल्ला भित्रैका ढुवानीका साधन र जिल्ला भित्रकै जनशक्तिबाट उत्पादनस्थल देखि जिल्ला भित्र कै राजमार्गको नजीकसम्म ढुवानी गर्न अनुमती दिने । त्यसरी उत्पादन र ढुवानी गर्दा सामाजिक दुरी लगायत नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्ने । सर्वसाधारण नागरिकहरु अत्यावश्यक काम र बिरामी भएको अवस्थामा बाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्कने । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएका च्म्त् बाट पहिलो चरणमा स्थानीय तहको सिफारीसमा तोकिएका व्यक्ति, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र पत्रकार महासंघबाट सिफारीस भई आएका सञ्‍चारकर्मीहरुको परिक्षण गर्ने लगाएतको निर्णय भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो । हेर्नुहाेस प्रशासनले जारी गरेकाे के गर्ने के नगर्नेबारेकाे सूचना ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update