Erani Mahal
भारतबाट नेपाली ल्याउने भएपछी पाल्पाका स्थानीयतहमा धमाधम क्वारेन्टाइन निर्माण
94355468_323966371916000_4531763106614870016_n
पाल्पा- छिमेकी देश भारतमा रहेका नेपाली ल्याउने भएपछी पाल्पाका स्थानिय तह धमाधम आइसुलेसन र क्वारेन्टाइन निर्माणमा लागेका छन् । भारत संगको बिभिन्न नाकाका क्वारेन्टाइनमा रहेका नेपालीलाई स्थानिय तह र प्रशासनको समन्वयमा ल्याउने क्रम शुरु भएसंगै जिल्लाका स्थानिय तह क्वारेन्टाइन र आइसुलेसन कक्ष बनाउनमा व्यस्त छन् । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमणको संख्या बढ्दै जानु र कोरोनाकै कारण ज्यान समेत जान थालेपछी नेपाल- भारत सिमा क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित ल्याएर अलग्गै राख्न कक्ष निर्माण गरेको हो । गत जेठ २ गते बसेको जिल्ला लोरोना संकट व्यबस्थापन समितिले जिल्लाका नगरपालिकए ५० गाउपालिकाले कम्तिमा २० बेडको आइसुलेसन कक्ष बनाउन निर्देशन दिएको थियो । जस अनुसार जिल्लाका १/२ पालिका मिलेर स्वास्थ्यको पहुच भएको ठाउमा आइसुलेसन बनाउने निर्णय गरेका छन् । पाल्पाको रामपुर नगरपालिका र निस्दे गाउपालिकाले सहिद बहुमुखी क्याम्पस रामपुर -७ किसानबारीमा आइसुलेसन बेड बनाउने निर्णय गरेको रामपुरका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । ताहुमा रम्भा र पुर्वखोला गाउपालिकाले आइसुलेसन कक्ष बनाउने छ । पश्चिमका पालिकाले पश्चिम नै बनाउने छ भने बाकीले तानसेनमा बनाउने भएका छन् । रामपुर नगरपालिकाले नगरका १० वटै वडामा क्वारेन्टाइन बेड क्षमता थपेको छ । भारतबाट केही नेपाली आएको र आउदै गरेकालाई सरकारले नेपाल ल्याएर स्थानीय तहले नै राख्ने प्रबन्ध गर्न भनेपछी कम्तिमा पनि प्रत्यक वडामा ५०/५० बेड क्षमताको क्वारेन्टाइन निर्माणमा जनप्रतिनिधि लागेको हो । जस अन्तर्गत रामपुरका वडाहरुमा सोमबार देखि क्वारेन्टाइन निर्माण गर्न थालिएको नगरप्रमुख थापाले बताउनुभयो । नगरपालिकामा आइतबार निणर्य गर्यौ, थापाले भन्नुभयो- सोमबार वडामा छलफल पछि वडामा क्वारेन्टाइन निर्माणको काम थालनी हुनेछ । रामपुर नगरपालिका वार्ड न १ मा चन्द्रोदय मा बि मा १०, छम्के आ बि मा ५, बालहित प्रा बि मा ५, बाल्ज्योती प्रा बि मा ५, शान्ति प्रा बि मा ५, शङ्कर आ बि मा १२, बेलघारी प्रा बि मा ९र ज्ञान मन्जरी प्रा बि मा ८ बेडको गरि जम्मा ५९ बेडको क्वारेन्टिन को निर्माण गर्ने वडा अध्यक्ष मित्रलाल कडेलले बताउनुभयो । रामपुर नगरपालिका वडा न २ मा कालिका प्राबि, कृष्णदेबि माबि र सरास्वती माबि गरेर ५० बेडको क्वारेन्टाइन गराउने निर्णय गरेको वडा सदस्य बालकुमारी थापाले जानकारी दिनुभयो । वडा नम्बर ६ मा नबदुर्गा माबिब्र दरैठाटी माबिमा ५० बेडको क्वारेन्टाइन बनाउने वडा छलफलले निर्णय लिएको छ। क्वारेन्टाइनमा मोबाइल चार्ज, ईन्टरनेट सुबिधा सहितको व्यबस्थापन गर्ने वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । रानपाका अन्य वडाले पनि पाइक पर्ने स्कुलमा क्वारेन्टाइन निर्माणको व्यबस्था मिलाउने चरणमा छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update