Erani Mahal
लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय
luck
काठमाडौं । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयाे । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो । जेठ ५ पछि भने जोखिमका आधारमा लकडाउन खुकुलो वा कडा गर्ने भनिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेर २९५ पुगेको छ भने दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । त्यही कारण आइतबार नै बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको थियो । सञ्चारमन्त्री डा. खतिवडाकाअनुसार लकडाउनको नयाँ मोडालिटीबारे उच्चस्तरीय समितिमा छलफल भइरहेको छ । ‘लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजानुपर्ने हाम्रो बाध्यता छ । र, यसबारे केही छलफल भएको छ’ उहाँले भन्नुभयाे । लकडाउनको थपिएको अवधिमा पनि कृषि उद्योग, ढुवानी, आयोजना निर्माणका कामहरु निरन्तर रहन्छन् । ‘धेरै मान्छेहरु क्वारेन्टाइनमा रहनु भयो भने उहाँहरुको उत्पादक समय खेर जानसम्छ । त्यसैले क्वारैन्टाइनमै रहेर कुनै काममा जोड्न सक्छौं कि भनेर हामीले छलफल गरेका छौं’ उहाँले भन्नुभयाे । सरकारले सबै नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भनेर छलफल भएको र यसका लागि औषधिजन्य जडिवुटीबारे जनतचेतना जगाउने योजना छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update