Erani Mahal
नेपाली कांग्रेस  निस्दीले गाउँपालिकाकाे काेराेना राहत काेषमा सहयोग
Nepali_Congress-2
पाल्पा‍- नेपाली कांग्रेस गाउँ कार्य समिति निस्दी गाउँपालिका पाल्पाले राहत सहयोग गरेको छ। जिल्लाका दश वटै गाउँ तथा नगर स्तरमा रहेका नेपाली काँग्रेसका स्थानीय पाटी समितिहरुबाट सम्बन्धित स्थानीय तहहरुलाई आर्थिक सहयोग गर्ने कार्यक्रम अनुसार निस्दी गाउँपालिकालाई १६ हजार ५ सय १ रुपैयाँ सहयोग गरेको नेपाली कांग्रेस गाउँ कार्य समिति निस्दीका संयोजक शालिकराम पाण्डेले बताउनुभयो । लक डाउनका कारण गाउँपालिकाको कार्यलयमा आइ रकम हस्तान्तरण गर्ने असम्भव भएको कारण उक्त रकम निस्दी गाउँपालिकाको सनराइज बैंकमा रहेको प्रकोप व्यवस्थापन खातामा दाखिला हुनेगरी पठाएको संयोजक पाण्डेले बताउनुभयो । साथै नेपाली कांग्रेस निस्दीको तर्फबाट गाउँपालिकाको राहत कोषको आम्दानी तथा खर्चको पारदर्शिता कायम गर्न , राहत रकमको सही सदुपयोग गर्न र निस्पक्ष राहत वितरण गर्न समेत ध्यानाकर्षण गराउदै यश सम्बन्धि कार्यक्रमको तर्जुमा, कार्यान्वयन तथा अनुगमन एवं मुल्यांकनका सबै प्रक्रियामा सर्वदलीय सहभागिताको माग समेत गरेको पाण्डेले बताउनुभयो।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update