Erani Mahal
निस्दीको अर्चलेले आफ्नो वडाको मुख्य नाकामा पहरा गर्ने
pale pahara
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाले आफ्नो वडामा प्रवेश गर्ने मुख्य-मुख्य नाकाहरुमा पहरा दिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) कारण जनजीवनलाई सहजता ल्याउन स्थानीयको भुमिका बारे छलफल गर्न बसेको सर्वदलीय,सर्वपक्षीय भेलाले उक्त निर्णय गरिएको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ । गाउँपालिकासंग जोडिएको छिमेकी जिल्ला नवलपरासीमा कोरोना संक्रमित व्यक्ति देखिए पछि निस्दी गाउँपालिकाले निगरानी बढाउने भएपछि यस्तो भेला बसेको हो । जस अन्तर्गत वडाको दक्षिणी भाग बडरभङ्ज्याङ्ग नाकामा धोबला,अधमारा रनगुवाले,पुर्वीय भाग सिसाघाट नाकामा नारीभङ्ज्याङ्ग,अर्चले र सिमलडाँडाका युवाहरुले निगरानी बढाउने भएका छन् भने उत्तरी भाग रेचे पुल बजार नाकामा सात्दोबाट,चिदिया र सिसिङ्गाका युवाहरु खटिने भएका छन् । रातीको समयमा लुकीछिपी वडा पस्ने गरेको सुचनाको आए पछि स्थानीय जनताले बिहान दिउँसो र साझ ६ बजे देखि बिहान ६ बजे सम्म तोकिएको साविक वडाले निगरानी गर्ने निर्णय गर्नु परेको युवा नेता बलु गैरेले बताउनुभयो । त्यसैगरी भेलाले माछा,मासु जन्य पदार्थ बाहिर बाट ल्याउन नदिने,भलिबल लगायत समूहमा खेलिने खेलहरु पूर्णता बन्द गर्ने,वडा भन्दा बाहिर रहेका नातापाता,छोरी चेली भेटघाट गर्न आउने जाने कार्य बन्द गर्न भनिएको छ भने भौतिक दुरी कायम गरि प्रतिनिधि मूलक सहभागी गरि अत्यावश्यक काममा मात्र बाहिर जान निर्णय भएको वडा कार्यालय सहायक मित्र बहादुर सोमैले बताउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update