Erani Mahal
पाल्पाकाे तिनाउँमा भीर माहुरीले टोक्दा दुई जना गम्भीर घाइते
ban-Mahuri
पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिका–३, सरान्खोलामा आइतबार भीर माहुरीले टोक्दा दुई जना गम्भीर घाइते भएका छन् । ६८ वर्षीय नन्दलाल बस्याल र ६३ वर्षीय लक्ष्मी बस्याललाई भीर माहुरीले टोेकेको हो । घाइतेहरु श्रीमान्श्रीमती हुन् । घा“स काट्न जा“दा उनीहरुलाई माहुरीले टोेकेको हो । उनीहरुलाई दुई सय बढी भीर माहुरीले टोकेको र खबर पाउनासाथ उद्दार गरेको वडाध्यक्ष प्रेम पाण्डेयले बताउनुभयाे । उहाँका अनुसार जानकारी पाउनासाथ रुपन्देहीको बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update