Erani Mahal
माथागढी गाउँपालिकामा स्थानीयद्वारा नाकामा कडाई
matha
रमेश राना पाल्पा– पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्र पर्ने प्रदेश ४ र प्रदेश ५ बाट बेवारिसे आवातजावतलाई थप कडाइ गरेको छ । माथागढी गाउँपालिकाले आफ्नो सीमा नाकाहरुमा थप कडाइ गरेको हो । उसले चिदीपानी, सराई, रहवास, गोठादी लगाएतका स्थानमा आवत जावतमा कडाइ गरेका हुन् । विश्वमा नै महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमित संख्या नेपालमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको र विश्व स्वास्थ्य संगठन ( ध्ज्इ) ले समेत नेपाललाई हाल उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरेको अवस्थामा प्रदेश नं.–५,मा सबै भन्दा बढी संक्रमितको संख्या रहेकोले यसतर्फ सजग रहँदै प्रदेश–४ र प्रदेश–५,को सिमा क्षेत्र, अन्य जिल्ला साथै विभिन्न स्थानीय निकायको सिमानाबाट प्रत्यक्ष आवातजावत गर्ने र सवारी साधन संचालनमा ल्याउनेहरूलाई थप कडाइ गरेको जानकारी माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले दिनुभयो । साथै प्रदेश–५ मा नै कोरोनाको प्रकोप बढीरहेकोले आम माथागढीवासी नागरिकहरू आफू,आफ्नो परिवार र समाजलाई सुरक्षित रहन सुझाव अध्यक्ष थापाले दिनुभएको थियो। पछिल्लो चरणमा नेपालमा तीब्र रूपमा संक्रमित हुनेको संख्या बढेकोले यहि जेठको ३ गते देखि नै विनयी त्रिवेणी गाउँपालिका, नवलपुर दुम्किवास, पाल्पा ओखरीगौडा, मटेरी,रहवास, खहरे, बााँस्टारी हुँदै तानसेनसम्म जोड्ने मोटरबाटोको सीमा क्षेत्रमा दैनिक रूपमा माथागढी–७, रहवासको मटेरीटोल र ओखरीगौडाका टोलबासीहरू सुरक्षागार्डको रूपमा रहने जानकारी वडा नं.–७, रहवासका वडा सदस्य नुर बहादुर दर्लामीले जानकारी दिनुभयो । साथै यो प्रदेश–४ र प्रदेश–५को सिमा क्षेत्र पर्ने क्रिकभाङ्ज्याङ भन्ने स्थानमा आफूहरूको निगरानी विशेष हुने समेत दर्लामीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update