Erani Mahal
निस्दी गाउँपालिकामा गाउँलेले पैसा बुझाएकाे ११ वर्ष पछि बिजुली बल्याे
bidut nisdi
पाल्पा- निस्दी गाउँपालिका बसिले ११ वर्ष पछि बिजुली बल्न पाएका छन । निस्दी बसिले सामुदायिक विधुतिकरणको लागि करिब ११ वर्ष अगाडि पैसा बुझाएका थिए । निस्दीको ५ वटा वडाका करिब २ हजार ६ सय घरधुरीमा यसै वर्ष भित्र बिधुत पुर्याउने लक्ष्य रहेको लाली गुँरास ग्रामीण विधुत सहकारी संस्था निस्दीका अध्यक्ष दुर्गा बहादुर सोमइले बताउनुभयो । शनिबारदेखि निस्दीको वडा नम्बर ५ गल्धाको प्रायः सबै टोलमा , साबिकको अर्चले गाविस वडा नम्बर १ , २ र ३ मा र निस्दी -४ , मित्यालको साबिक वडा नम्बर १ र २ मा राष्ट्रिय प्रसारण लाइनको विधुत विस्तार भएको छ। हाललाई सामुदायिक विधुतिकरणको लागि लाइन बिस्तार गर्न केही प्राविधिक समस्या रहेकोले ११ केभी राष्ट्रिय प्रसारण लाइनबाट निस्दीको गाउँ टोलमा विधुत विस्तारको काम भईरहेको अध्यक्ष सोमइले बताउनुभयो। धेरै समयको पर्खाइमा राष्ट्रिय प्रसारण लाइन गाउँमा आएपछि मित्यालका स्थानीय बसिसंग खुसी साटासाट गर्नुहुँदै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले व्यावसायिक रूपमा आयआर्जनका कार्य गरेर आर्थिक लाभ लिन अनुरोध गर्नुभएको छ । विश्वभर कोरोना महमरीको बेलामा पनि ज्यान जोखिममा राखेर विधुत लाइनको काम गरेका प्राविधिक टोलिलाई यहाँका स्थानीयले सम्मान गरेका छन।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update