Erani Mahal
पाल्पाको रिब्दीकोट गाउँपालिकाको कोरोना राहत कोषमा ४३ लाख जम्मा
ribdikot
पाल्पा– जिल्लाको रिव्दीकोट गाउँपालिकाको कोरोना रोकथामको लागि स्थापना गरिएको कोरोना राहत कोषमा ४३ लाख बढी रकम जम्मा भएको छ । गाउँपालिकाले कोरोना विपद्को लागि सहयोग गर्न सार्वजनिक अपिल गरेपछि विभिन्न संघ, संस्था, कार्यालय तथा व्यक्तिगत रुपमा गरी ४३ लाख रुपैंया जम्मा भएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । राहातकोषबाट गरीब तथा विपन्न परिवारलाई राहत, स्वास्थ्य सामग्री खरिद तथा वितरणमा खर्च गरिने अध्यक्ष जिसीले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्यालले कोषमा जम्मा भएको रकम मध्येबाट ६ लाख रुपैंया खर्च भएको बताउनुभयो । अर्जेलले भड्किलो रुपमा खर्च नगरी अत्यावश्यक राहत र स्वास्थ्य सामग्रंी खरिदमा मात्र खर्च गरेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी ज्ञवालीले लकडाउनको कारणले प्रभावित मजदुर र अती विपन्न परिवारलाई प्राथमिकतामा राखेर कोषको रकम खर्च गरिने बताउनुभयो । उपाध्यक्ष खनालले गाउँपालिकाले मजदुर परिवारलाई विकासनिर्माणका कार्यमा रोजगारी दिने योजना पनी रहेको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update