Erani Mahal
मदनको रगत जस्तै रातो कार्पेट ?
Pic (1)
कुनै दिन छलफल हुन्छ पन्न्चहरूको विकल्प राजाहरूको विकल्प के हुने ? *** आम नागरिक, मदन भन्छन् सारा देशवासीहरू शोषित पिडितहरू अव जवज जिन्दावाद *** फैलिन्छ उनको नविन विचार धेरैलाई चित्त बुझ्छ चुलिन्छ चर्चा मदनको मदन दाईको जय होस् *** सवैको नजर पर्यो मदनमा कसैको आँखामा सारै बिझायो सिध्याउने योजना बन्यो र मारिन्छन मदन *** कस्ले मार्यो होला ? किन मार्यो होला ? खोल्दैनन रहस्य कोहि आजसम्म *** मदनको विचार आज स्थापित भएको छ अहिले पन्न्चहरू र राजाहरू दुवै छैनन् *** दलहरूले शासन गरेका छन् देशमा गणतन्त्र आएको छ संघियता आएको छ जवज जजमा परिस्कृत भएको छ *** खासमा नि, मदनले काम त् गरेनन तर विचार प्रतिपादन गरे त्यो सवैलाई थाहा छ *** मदनको योगदान आज मदनपत्नी देशको प्रमुक होइवक्सेको छ राष्ट्रपति मदनपत्नीको जय होस् *** मदनलाई विचारक भनु कि विचरा ? आफ्नै पत्नी राष्ट्रकै प्रमुक हुँदा पनि किन र कस्ले मारेको खोज्न इच्छुक होइबक्सिन्न *** राजाहरूले जस्तै दिनहुँ गाडी फेर्नुहुन्छ दिनहुँ साडी फेर्नुहुन्छ रातो कार्पेट फेर्नुहुन्छ *** हे बरै जे होस् मदनको हत्यारा पत्ता लागोस जनताले राजा फालेर गल्ति गरिएछ नभनुन् l *** राणाहरूले ठिक गरेनन् जनताले लखेटे, पन्न्चहरूले ठिक गरेनन् जनताले लखेटे, *** राजाहरूले ठिक गरेनन् जनताले लखेटे, हे बरै दल झन् खत्तम रछन यस्तो नपरोस l *** मदनको रगतको सम्मान होस् रातो कार्पेटको इज्यत बढोस *** विशाल ओली-चिन्तक
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update