Erani Mahal
नाकामा कडाई गर्न रानपाले युवा गार्ड परिचालन गर्ने, ५ गतेसम्म नगर सील
Rampur-Nagarpalika
पाल्पा-रामपुर नगरपालिका भित्रिने नाकामा थप कडाई गर्न रामपुर नगरपालिकाले प्रत्येक नाकाहरुमा सुरक्षा गार्ड राख्ने भएको छ । २ सय ३२ बर्गकिलोमिटर भन्दा बढी क्षेत्रफल रहेको रामपुरमा प्रयाप्त सुरक्षाकर्मी नहुनु र स्थानीय युवालाई जागरुक गराउदा गाउघरको अबस्था बुझ्न सहज हुने भन्दै नगरपालिकाले गार्डको व्यबस्था गर्ने नगरपालिकाले जनाएको छ । ४ जिल्लाको संगम रामपुरमा गोरेटो, मोटरबाटो, मोटरेवल पुल र झलुङ्गेपुल गरि ३२ बढी नाका छन् । सो नाकामा कम्तिमा पनि २ देखि ३ जना सम्म युवा परिचालन गर्नु नगरपालिकाले वडा मार्फत युवाको दरखास्त माग गरेको नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । "हामी हाम्रा नाकाहरुमा २४ सै घण्टा सुरक्षागार्ड राख्छौं," थापाले भन्नुभयो- यसको लागि वडामा निबेदन दिन लगाएका छौ, आजै केही निवेदन परिसकेको छ । ५० बर्ष उमेर सम्मका भुपु सुरक्षाकर्मी, म्यादी प्रहरीलाई प्राथमिकतामा राखेर दैनिक ज्यालादारीमा सुरक्षा गार्ड राख्न खोजेको छ । प्रहरी जनशक्ति कम छ,दिउँसो प्रहरी, नेपाली सेना र स्थानीय पनि चनाखो भएर वाच गर्नुहुन्छ उहाले थप्नुभयो- रातको समय झन जोखिम बढेकाले ज्यालादारीमा थप गार्ड खोजेका हौं । लकडाउनमा बाहिरबाट आवागमन रोक्न र आम नागरिक गाउघरमा हिडडुल गर्ने अटेरीपन रोक्न पनि यसले मद्धत पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले जानकारी दिनुभयो ।रामपुर नगरपालिकाले बुधबार गरेको प्रदेश सांसद, प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, समन्वय समिती लगायतका सरोकारवाला संगको सर्वदलीय छलफलले ५ गतेसम्म साझ ७ बजेसम्म नगरलाई शिल गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको संख्या विभिन्न जिल्लामा ह्वात्तै बढेसंगै मानिसको आवतजावतमा रोक लगाउन यस्तो निर्णय लिइएको हो । एक पालिकाबाट अर्को पालिका तथा अन्य तराइ लगायत छिमेकी जिल्लाबाट नगरमा दिन वा रातको समयमा जो कोही पनि आउन सक्ने भन्दै यसलाई व्यबस्थित गर्न प्रहरी, सुरक्षाकर्मी सहित युवा गार्डको रुपमा परिचालन गर्ने निर्णय नगरपालिकाको कार्यपालिका बैठकले गरेको हो। वडामा निबेदन दिएका युबालाई नगरपालिकाको समन्वयमा वडाले वडाको नाकामा खटाउनेछ । दिनभर हिड्न नपाउदा रातको समयमा आइजाई हुनसक्ने भन्दै यसमा संयमता अपनाउन रातको समयमा खटिने गरि गार्ड राख्न लागेको नगरपालिकाका उपप्रमुख तथा नगर संरक्षण बिषयगत क्षेत्र समन्वय समितिका संयोजक बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । नगरपालिकाले सुचना जारी गरि स्वयंम सेवकको रुपमा सहयोग गर्न चाहने राजनीतिक दल, भातृ संगठन, क्लव, संस्थाहरुलाई वडा कार्यालय संग समन्वय गर्न अनुरोध गरेको छ। तत्कालको लागि नगरपालिकामा बाहिरबाट कुनै पनि सवारी भित्रिन नदिने गरि नगरपालिकाले चेकजाच बढाएको छ । जेठ ५ गतेसम्म खाद्यान्न र तरकारीका गाडीलाई पनि रोक लगाईएको छ । एम्बुलेन्समा निगरानी बढाइएको छ भने स्प्रे गरेर मात्र आउने व्यबस्था नगरपालिकाले गरेको जनाएको छ । लकडाउन उल्लंघन गरेको पाइएमा ऎन अनुसार कारबाही गर्ने र वडा वा नगरपालिकाको जानकारी बिना घरमा आएर बसेको पाइए कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । संक्रामक रोग ऐन-२०२० अनुसार लकडाउनको आदेश पालना नगर्नेलाई ६ महिना कैद र ६ सय जरिवाना वा दुबै सजाय हुने कानुनी व्यबाथा छ । क्वारेन्टाइनमा बस्न नमान्नेलाई सोही ऎन अनुसार आदेश अपहेलना अन्तर्गतको १ सय रुपया र १ महिना कैद र १ महिना कैद र अधिकारीलाई कामा बाधा पुर्याउनेलाई ६ महिना कैद र ६ सय रुपया जरिवाना वा दुबै सजाय हुन सक्ने व्यबस्था छ । केन्द्रीय सरकार तथा प्रदेश सरकारले अबस्था हेरेर लकडाउन लगाउन सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारीले लगाउन सक्छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update