Erani Mahal
पाल्पामा कोरोना रोकथामका लागि १ सय २० बेडको आइसोलेशन बनाइने
isoletion
पाल्पा– पाल्पामा कोरोना रोकथामका लागि १ सय २० बेडको आइसोलेशन बनाइने भएको छ । शुक्रवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई कोरोना रोकथामको लागि पाल्पाको रामपुर नगरपालिकाको रामपुरमा ५०, रम्भा गाउँपालिका, र रिव्दिकोट गाउँपालिकाको खस्यौलीमा २० शैयाको र तानसेन नगरपालिकाको तानसेनमा ५० शैया (बेडको) आइसोलेशन बेड तयार गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । बैठकले ३ गते शनिवार विहान ५ बजेदेखि ५ गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय समेत गरेको छ । छिमेकी जिल्लाहरुमा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला नै सिल गर्ने निर्णय भएको हो । बैठकले औषधी एम्बुलेन्स शबबहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी साधन संचालन नगर्ने र उद्योग व्यवसाय समेत संचालन नगर्ने निर्णय गरेको हो । आइसोलेशन निर्माणको लागि सम्बन्धित स्थानका पालिकालाई छिमेकी पालिकाहरुले सहयोग गर्नेछन् । यस अघि तानसेनको पाल्पा अस्पताल, लुम्बेनी मेडिकल, मिसन अस्पताल र रामपुरको रामपुर अस्पतालमा गरी जम्मा ६२ बेडको आइसोलेशन कक्ष रहेको छ । गृह मन्त्रालयले यस अघि सबै ई पास खारेज गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत जान रोक लगाएको थियो । यस्तै शुक्रवारबाट एक जिल्लामा समेत आवात जावत गर्न नमिल्ने गरेर जारी गरिएका पास समेत रद्ध गर्ने निर्णय भएको थियो । छिमेकी जिल्ला गुल्मीले भने यस अघि नै जिल्ला सिल गर्ने निर्णय गरेको थियो । पाल्पा कोरोना संक्रमित रहेको रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमामा भएकाले त्यहाँबाट हिँडेर समेत जिल्ला आउन सक्ने भएकाले जिल्ला नै सिल गरेर उच्च सर्तकता अपनाइएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update