Erani Mahal
पाल्पा जिल्ला जेठ ५ गते राती १२ बजेसम्म सिल गर्ने निर्णय
palpa dao
पाल्पा– जिल्ला कोरोना संकट व्यवस्थापन समिति (DCCMC) को बैठकले पाल्पा जिल्लालाई ३ गते शनिवार विहान ५ बजेदेखि ५ गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको छ । छिमेकी जिल्लाहरुमा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला नै सिल गर्ने निर्णय भएको हो । बैठकले औषधी एम्बुलेन्स शबबहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी साधन संचालन नगर्ने र उद्योग व्यवसाय समेत संचालन नगर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले यस अघि सबै ई पास खारेज गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत जान रोक लगाएको थियो । यस्तै शुक्रवारबाट एक जिल्लामा समेत आवात जावत गर्न नमिल्ने गरेर जारी गरिएका पास समेत रद्ध गर्ने निर्णय भएको थियो । छिमेकी जिल्ला गुल्मीले भने यस अघि नै जिल्ला सिल गर्ने निर्णय गरेको थियो । पाल्पा कोरोना संक्रमित रहेको रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमामा भएकाले त्यहाँबाट हिँडेर समेत जिल्ला आउन सक्ने भएकाले जिल्ला नै सिल गरेर उच्च सर्तकता अपनाइएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update