Erani Mahal
प्रदेश ५ मा किसान र विदेशबाट फर्किएकालाइ विशेष प्याकेज ( हेर्नुहोस सरकारको निर्णय सहित)
pradesh-5
पाल्पा– पाँच नम्बर प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले किसानलाई विशेष प्याकेज सहितका कार्यक्रमहरु घोषणा गरेको छ । विहिवार बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेशका जिल्लाहरुमा किसानलाई प्रोत्साहन, वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगारी लगायतको निर्णय गरेको छ । सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च गर्ने भएको छ । हेर्नुहोस् सरकारको निर्णयहरु ः कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्र क.कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया ख. बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने । ५ सय किसान लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने । प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने । ग. व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम— दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने । ७ हजार लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने । यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने । घ. कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने १ सय ९ वटै पालिकामा गर्ने । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने । प्रति किसान २० हजारका दरले सहयोग गर्ने । १० हजार ९ सय लाभान्वित हुने । ङ । ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने । ६ हजार लाभान्वित हुने । च. दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने । छ. बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया । सबै जिल्लामा सञ्चालन गर्ने । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने । प्रति बिघा २० हजार रुपैंयाका दरले दिने । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने । २ प्रदेश स्वास्थ्य नीति—२०७७ स्विकृत ३. स्वास्थ्य नियमावली स्विकृत ४.रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने । ५.केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने ६.जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय । ७. नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्दे्शिका तयार गरी कार्यान्वयन गर्ने । ८. कोरोना विशेष अस्पतालको क्षमता बढाउने । बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने । बुटवलमा २ सय बेड थप्ने भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने । बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने । विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने । त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update