Erani Mahal
जिल्ला भित्र सवारी चलाउने पास पनि खारेज, अब कहिकतै हिड्न नपाइने
pass
पाल्पा– पास बोकेर ओहोर दोहोर गर्ने व्यक्तिमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले जिल्ला भित्र सवारी चलाउने पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भन्नुभयोे, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् । जिल्लामा यस अघि सरकारले जिल्ला प्रशासन कार्यालयको अनुमतिमा पास जारी गर्ने निर्णय गरेको थियो । गृहको निर्णयसँगै सबै पासहरु वितरण बन्द भएको छ अत्यावश्यक सेवाको पास भने वैधानिकता हेरेर दिन सकिने सरकारले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update