Erani Mahal
पाल्पा जिल्ला आपूर्ति व्यवस्थापन समितिले के गर्यो निर्णय ?
nirnarsa1
पाल्पा– कोरोना भाइरसको त्रासमा रहेको बेलामा जिल्लामा कोरोना लकडाउनको समयमा आपूर्ति व्यवस्थापन सहजताको लागि गठन भएको जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठक विहिवार तानसेनमा बसेको छ । बैठकले विभिन्न निर्णहरु समेत गरेको छ । बैठकले अघिल्ला बैठकको निर्णयहरुको समिक्षा, जिल्लाको अअmअ को बैठकको निर्णयलाई कार्यान्वयन, कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएकोले जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयलाई मान्दै जिल्लाको खाध्यान्न, तरकारी, औषधी, दुग्धजन्य लगायएको पसलहरु पूर्व निर्धारित समयमा खोल्ने अन्य पसलहरु बन्द नै राख्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताउनुभयो । त्यसको लागि पाल्पा उद्योग वाणिज्य संघ र व्यापार संघले अनुगमन गर्ने निर्णय भएको छ । जिल्ला आपूर्ति समितिले केही समय पहिला जिल्ला बाहिरको तरकारी तथा फलफुल आयातमा रोकलगाएपछि उपभोक्ताको साथ र सर्मतन पाएको थियो । तर पछिल्लो समयमा उसले आफैंले गरेको निर्णय उल्टाएर जिल्ला बाहिरका तरकारी तथा फलफूल आयातमा खुला गरेको थियो । जिल्लाका उपभोक्ताहरुले भने आपूर्ति समितिले जिल्ला बाहिरको तरकारी, दुध, मासु लगायतका सामानको आयात रोक लगाउनुपर्ने आवाज उठाउँदै आएका छन् । आजको बैठकमा त्यो हुने आशा गरिए पनि त्यो हुन नसकेपछि उपभोक्ताहरु निसार बनेका छन् । छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासीमा कोरोना संक्रमण बढेपछि त्यहाँबाट तरकारी तथा खाध्यान्न, फलफुल आयात गर्दा लिन जाने मानिस मार्फत कोरोना जिल्ला भित्रने भन्दै जिल्लाबासी त्रसित बनेका छन् । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले समेत जिल्लामा आत्मनिर्भर रहेको तरकारी र दुधबाहिरबाट नल्याउन प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको छ तर त्यस सम्बन्धमा कुनै ठोस निर्णय भने हुन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update