Erani Mahal
रामपुर नगर स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति गठन
Rampur-Nagarpalika
पाल्पा । बिपतको अबस्थामा नगरपालिका स्तरीय पीडित तथा प्रभाबित महिला, बालबालिका अपाङ्गता, जेष्ठ नागरिक तथा यौनिक अल्पसंख्यकहरुको संरक्षणको लागि नगर संरक्षण बिषयगत क्षेत्र समन्वय समिति रामपुरमा गठन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानिय तहमा बिपद् व्यबस्थापन बिषयगत क्षेत्रको समिती गठन गरी नगरमा बिपद् जोखिममा रहेका सम्बन्धितलाई संरक्षण गर्न आबश्यक रहेको भन्दै समिती गठन गरि काम गर्न परिपत्र गरेसंगै नगर स्तरिय समिती गठन गरेको हो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा नगरपालिका कार्यालय सभाहलमा बसेको बैठकले नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य, स्वास्थ्य शाखा प्रमुख तिर्थ प्रसाद ढुंगाना, शिक्षा शाखा प्रमुख बिकल काफ्ले, नगरको बिपद् व्यबस्थापन शाखाका कपिल बहादुर खाण, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिम बहादुर कार्की, कालीगण्डकी फाउन्डेसन नेपालका सचिब सीता डोटेल, नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा संयोजक मनोरथ भट्टराई र सदस्य सचिवमा महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मल्ल रहनुभएको छ । समितिले बिपद्को समयमा जोखिममा पर्न सक्ने क्षेत्र पहिचान गरी सुचना संकलन गर्ने, अल्पकालिन, मध्यकालीन र दीर्घकालीन अबधिमा संचालन गर्नुपर्ने कामको खाका तयार गर्ने, संरक्षण र व्यबस्थापनका लागि आबश्यक सामाग्रीको बन्दोबस्त गर्ने, नगरमा संरक्षणको क्षेत्रमा काम गर्ने सस्थाको सुचि तयार गर्ने,संरक्षण तथा दिगो उद्दारको काममा लाग्ने र अन्य निकाय संग समन्वय गरी उनीहरुको दैनिकी सहजको लागि प्रयास गर्ने लगाएतका काम समितिले गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update