Erani Mahal
पूर्वखोला गाउँपालिकामा ६४ जनाकाे आरडिटि परीक्षण
Pur
पाल्पा- पूर्वखोला गाउँपालिका वडा न २ जल्पा र पूर्वखोला ४ देविनगर गरी छुटा छुटै ३ बिध्यालयमा क्वारेन्टाइन रहेका मगलवार र बुधवार गरी १७ जनाको आरडिटि परीक्षण गरिएकाे छ । उनीहरु सबैकाे रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य संयोजक माेहन ढकालले जानकारी गराउनु भयो । यस्तै गाउँपालिकाले हालसम्म आरडिटी विधिबाट ६४ जनाकाे काेराेना लागे नलागेकाे बारेमा स्वास्थ्य परीक्षण गरेकाे छ । परीक्षण पश्चात उनीहरुलाइ १ हप्ता होम कोरन्टाइनमा वस्न आग्रह गरेर घर पठाइएको गाउँपालिका प्रवक्ता तथा वडा न २ का वडा अध्यक्ष निर बहादुर सारुले बताउनु भयो । गाउँपालिकामा जम्मा हालसम्म ६४ जनाको काेराेना रिपोर्ट परीक्षण गरिएको त्यसमा सबै नेगेटिभ आएको र अझ ४ जनाको परिक्षण गर्न बाकी रहेको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । उहाँले बाहिर जिल्लाबाट गाउँमा भित्र्ररिएका र संका लागेको सबैलाइ कोरन्टाइनमा राखेको बताउनु भयो।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update