X
10
Shares

काेराेना राेकथामका लागि गुल्मी जिल्ला पाँच दिन सिल

रानीमहल संवाददाता || ३१ बैशाख २०७७,बुधबार १८:४०

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३०, संक्रामक रोग ऐन २०२० को दफा २९२० तथा नेपाल सरकार मन्त्रिपरिषदको वैशाख २४ गते बसेको बैठकको निर्णय नम्बर ६ बमोजिम नाका बन्द गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई पाँच दिन मानिसहरुको आवतजावज पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभयाे ।

उहाँले एम्बुलेन्स, शव बहान, मृत्यु संस्कार, विद्युत्, सञ्चार, खानेपानी, औषधि र इन्धन बाहेक अन्य सवै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको बताउनुभयाे ।

त्यस्तै सर्वसाधरण नागरिक बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कने, सहकारी तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, तेल, नुन, दूधडेरी, तरकारी तथा फलफुल पसलहरुमा अनिवार्य हात धुने व्यावस्था गर्ने र बिहान ११ बजेदेखि १ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys