Erani Mahal
भरतीय सीमा अतिक्रमण विरुद्ध पाल्पामा युवा संघ र अनेरास्ववियूको विरोध
da
पाल्पा– भरतीय सीमा अतिक्रमण विरुद्ध पाल्पामा युवा संघ र अनेरास्ववियूले विरोध जनाएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा परराष्ट मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै विरोध जनाएका हुन् । राष्ट्रिय युवा संघ नेपाल पाल्पाका संयोजक धनेन्द्रराज घिमिरे, सह संयोजक कृष्ण पाण्डे, अनेरास्ववियूका जिल्ला संयोजक पदम सोमै, सह संयोजक हिरामणी पराजुलीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भारतीय हस्तक्षेपको कडा रुपमा विरोध गरिएको छ । भारतलले एकतर्फी रुपमा लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गरेको, सीमा अतिक्रमण जारी राखेको भन्दै युवा र विद्यार्थीले विरोध गरेका हुन् । विश्वमा कोरोना महामारीको मौका छोपी भारतीय हेपाहा प्रवृत्तिको अन्त्यका लागि जस्तो सुकै आन्दोलन गर्न समेत पछि नपर्ने र त्यसका लागि नेपाल सरकारले उचित पहल कदम चाल्न माग समेत गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update