X

भारतीय हस्तक्षेप विरुद्ध पाल्पामा जनमाेर्चाकाे प्रर्दशन : ८ जना पक्राउ

रानीमहल संवाददाता || ३१ बैशाख २०७७,बुधबार १७:२२

पाल्पा- भारतीय हस्तक्षेप विरुद्ध पाल्पामा जनमाेर्चाकाे प्रर्दशन गर्दा प्रहरीले ८ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय अगाडी निषेधित क्षेत्रमा भारतीय सीमा हस्तक्षेपविरुद्ध विरोध गरेको अभियोगमा पाल्पा प्रहरीले ८ जना राष्ट्रिय जनमोर्चा नेता कार्यकर्ता पक्राउ गरेको हो ।

जिल्ला प्रशासन अगाडी विरोध गर्न नपाइने भन्दै प्रहरी तथा सशस्त्र प्रहरीले रोक्न खोज्दा राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ताले हामीले गृहमन्त्रालयलाई आफ्नो कुरा भन्न पाउने पर्ने भन्दै भारतविरुद्ध नाराबाजी गर्दा प्रहरीले उनीहरु लाई गिरफ्तार गरेको हो।

पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली, अखिल छैटोका केन्द्रीय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैटौंका जिल्ला सदस्य सुमन पौडेल रहेका छन्। पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ।

निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेकोले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys