Erani Mahal
पाल्पामा हालसम्म २ सय ५० जनामा कोरोना परीक्षण
nisdi
पाल्पा– जिल्लामा ¥यापिड डाइगनोस्टिक टेस्ट विधिबाट कोरोना सङ्क्रमणको परीक्षण कार्यलाई तीव्र पारिएको छ । भारतसहित नेपालका विभिन्न स्थानबाट पाल्पा फर्किएका मासिनहरूलाई क्वारेन्टाइनमा राखेको १४ दिनपछि आरडिटी विधिबाट कोरोना परीक्षण गरेर मात्र घरमा पठाइएको छ । क्वारेन्टाइनमा बस्ने २३४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । पाल्पामा हालसम्म कोरोना शंकास्पद १६ जनाको पिसिआर विधिबाट परीक्षण गरी कुल २ सय ५० जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ५ सय २१ वटा क्वारेन्टाइनको बेड सङख्या छ भने विभिन्न स्थानबाट फर्किएका ४८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । तराईसँग सीमा जोडिएको जिल्ला रहेको पाल्पामा हिडेरै पनि संक्रमित आउन सक्ने भएकाले सीमा नाकामा उच्च सर्तकता अपनाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । लुकिछिपी पाल्पा आउनेलाई अनिवार्य रुपमा खोजी गरी क्यारेन्टाइनमा राख्न स्थानीय तहलाई निर्देशन समेत दिइएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update