Erani Mahal
सीमा अतिक्रमण विरुद्ध तरुणदल र नेविसंघद्वारा पाल्पामा प्रजिअलाई ध्यानाकर्षण
nc
पाल्पा– नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ पाल्पाले भारतीय सीमा अतिक्रमणको विरुद्धमा पाल्पामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र सहित ध्यानाकर्षण बुझाएको छ । तरुण दलका जिल्ला अध्यक्ष मेजर सिंह केसी, नेविसंघका नेताहरु, पार्टीका जिल्ला सभापति वीरबहादुर राना, सचिव झपेन्द्र गहिरे, पार्टीका नेता यमलाल तिमिल्सेना विद्यार्थी नेता हिमालदत्त श्रेष्ठ, कृष्ण बहादुर आले,शुरेश बाेहाेरा सुवास गैरे लगायतका नेता कार्यकर्ताले पाल्पाको जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र बुझाएका हुन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले सम्बन्धित निकायमा जानकारी गराउने बताउनुभयो । ज्ञापन पत्रमा भारतीय हस्तक्षेप जारी रहेको, सुस्ता, कालापानी, लिम्फियाधुरा लगायतका सीमा तत्काल फिर्ता गर्नुपर्ने, सरकारले तत्काल सीमा फिर्तामा पहल गर्नुपर्ने माग गरिएको छ । केन्द्रीय कार्यक्रम अनुसार नै तरुण दलका जिल्ला अध्यक्ष मेजर सिंह केसी सचिव गाेपाल गैरे, नेविसंघका जिल्ला अध्यक्ष सुरेश बाेहाेराले ज्ञापन पत्र बुझाकाे तरुण दल पाल्पाका सभापति मेजर सिं केसीले रानीमहलालाइ बताउनुभयाे । भारतीय हस्तक्षेप विरुद्ध नेविसंघले चरणबद्ध आन्दाेलनका कार्यक्रम अनुसार आज ज्ञापन पत्र बुझाएकाे त्रिभुबन क्याम्पस इकाइ सभापति सुवास गैरेले रानीमहलसँगकाे कुराकानीमा जानकारी दिनुभयाे ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update