Erani Mahal
निस्दीमा थप ५ जनाको आरडीटी परीक्षण
nisdi
पाल्पा/निस्दी गाउँपालिका पाल्पामा क्वारेन्टाइनमा रहेका ५ जनाको आरडिटी टेस्ट नेगेटिभ आएको छ । विदेशबाट आएका तथा क्वारेन्टाइनमा बस्दै आएका १४ दिन पुग्ने व्यक्तिहरुको तालिमप्राप्त स्वास्थकर्मीबाट आरडिटी टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आए पछि ५ जनालाई गाउँपालिकाले आज आ-आफ्नो घर पठाएको हो । गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चलेका २ जना र सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाका १ जना र गौरीशंकर माध्यमिक विद्यालय निस्दी-४,मित्यालका २ जना गरि कुल ५ जनालाई निस्दी गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले धन्यवाद पत्र प्रदान गरेर घर पठाएको हो। यसअघि निस्दीले क्वारेन्टाइनमा बस्दै आएका ४८ जनालाई घर पठाइसकेको छ । निस्दी गाउँपालिकामामा कुल ५६ मध्ये अहिले गौरीशंकर मावि मित्यालमा ३ जना मात्रै क्वारेन्टाइनमा रहेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनु हुँदै घर फर्केका सबैलाई एक हप्ता सम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिनु दिनुभएको छ । विश्वभरी महामारी रुप लिदै गएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि निस्दी गाउँपालिकाले अन्य छिमेकी जिल्लाबाट आएकाहरुलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update