X

तानसेनमा विदेशबाट फर्किएकालाई सीप अनुसारको काम दिने तयारी (फारम सहित)

रानीमहल संवाददाता || ३० बैशाख २०७७,मंगलवार १३:५९

पाल्पा–विश्वभर कोरोना महामारी र बन्दाबन्दीको अवस्थापछि वैदेशिक रोजगारमा रहेका नागरिकहरु स्वदेश फर्कन चाहेकाहरुलाई व्यवसायिक बनाउन तानसेनले पहल सुरु गरेको छ ।

जिल्लाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगार, अध्ययन र व्यवसायका सिलसिलामा देश बाहिर रहेका नागरिकलाई समेत प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याउने योजना अनुसार अहिले अनलाइन सर्भेक्षण समेत सुरु गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।

आगामी बजेटमा विदेशमा रहेका नागरिकलाई प्राथमिकतामा राखेर बजेट ल्याउने योजना सहित आवश्यक तयारी अगाडि बढाइएको शाहीले बताउनुभयो । उहाँका अनुसार सीप अनुसार काम सहित व्यवसायिक बनाउने गरी नगरपालिकाले तयारी थालिएको रानीमहलसँगको कुराकानीका क्रममा बताउनुभयो ।
नगरपालिकाले दुई वर्ष अगाडि संकलन गरेको तथ्यांक अनुसार ५ हजार ५ सय ३८ नागरिक देश भन्दा बाहिर रहेका छन् । तर त्यो तथ्यांकलाई पुन अद्याबधिक गर्ने काम अहिले चलिरहेको छ । तानसेन नगरपालिकाको पाश्र्व्िचत्र २०७५ को तथ्यांकलाई अपडेट गर्न आवश्यक देखिएकाले ई–फारम तयार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो ।

बेल्वासेका अनुसार अनलाईन फारम भरेर सकिएपछि त्यहाँको माग र आवश्यकताको प्राथमिकता निर्धारण गरेर स्वदेशमै उत्पादन र व्यवसायमा लाग्ने गरी योजना र बजेटको व्यवस्थापन गर्न लागिएको रानीमहललाई बताउनुभयो ।

तानसेन नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास भइ हाल वैदेशिक रोजगार/व्यापार, व्यवसाय/अध्ययन लागायतका सिलसिलामा बिभिन्न देशमा रहनु भएका सम्बन्धित नागरिकहरुलाई यो फारम भरी तानसेन नगरपालिकाको तथ्याङ्क संकलनमा सहयोग गरी दिनुहुन अनुरोध समेत गरेकाे छ ।

तानसेन नगरपालिकाले गरेको अनलाइन सर्भे यस प्रकार रहेको छ । यहाँ क्लिक गरी आफ्नो विवरण भर्न सकिनेछ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSe7qDtj428vzRQHBfskBRnhNxmsn0jK3auhjujZX69GQSWMVQ/viewform?fbclid=IwAR1VotKKr3lBHx_2LFSldOqaRgbVpQZCcg2_kRGmm3Ub1ygiCtF_6Zsjzm4&pli=1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys