Erani Mahal
कोरोना कहर : रामपुरमा गतबर्ष भन्दा धेरै धानको बीउ माग
r 2
पाल्पा-पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा धानको वीउँ वितरण गरिरहेको छ। यसवर्ष कोरोनाको कहर र उन्नत जातको बिउमा ध्यानाकर्षण बढेर गतबर्ष भन्दा बढी धानको बीउ बितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखा मार्फत सुचना जारी भएपछी किसानले वडा वडामा निबेदन दिएका थिए । सोही आधारमा कृषि शाखा कार्यालय मार्फत शाखा कार्यालय र पायक पर्ने स्थान वडा कार्यालयबाट धानको वीउँ वितरण भइरहेको कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो । यस बर्ष पनि किसानको माग अनुसार नै धान उपल्ब्ध गराउने भएपछी उत्साहित भएर किसानले बीउ लगेका छन् । आइतवारदेखि बीउ बितरण शुरु भएको हो । पगिलो दिन वडा नं १, २, ३, ५ र ७ मा र सोमवार वडा नं ४ र ६ मा धानको वीउँ वितरण गरिएको कृषि शाखा प्रमुख पाण्डेयले जानकारी दिनुभयो। गतबर्ष ८ टन बितरण गरेको र यसबर्ष पनि ७/८ टन बितरण गर्ने गरि सुचना खुलाएको भएपनी किसानबाट धानको बीउ माग बढी भए संगै सोही अनुसार बितरण गर्ने तयारी छ । कृषकले सावित्री, रामधान र सावा मन्सुली धान बढी माग गरेका छन् । रामपुरमा सोही धान उपयुक्त हुने भएकाले बितरण थालिएको हो । सावित्री जातको करिव २७ टन, रामधान ४ टन र सावा मन्सुली झण्डै ४ टन गरि ३५ टन धानको वीउँ वितरण गर्ने शाखा प्रमुख पाण्डेयले बताउनुभयो। कृषक तथा समुहले वडामा निबेदन दिइ सोही माग संकलनका आधारमा धानको वीउँ वितरण भएको हो । सावित्री धान वितरण अन्तिम चरणमा पुगेको र अब करिव ८ क्वीण्टल सावा मन्सुली र रामधान जातको धान वितरण गरिने छ ।नगरपालिकामा धानको उत्पादन बृद्धि गर्न सावित्री जातको धान ६६ प्रतिकिलोको ५० प्रतिशत अनुदानमा प्रतिकिलो ३३ मा र रामधान ७० प्रतिकिलो ३५ मा वितरण गरिएको छ । सावा मन्सुली माग धान माग अनुसार ल्याउने चरणमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update