Erani Mahal
कोरोना भाइरसबाट नेपालमा थप ५७ सङ्क्रमित, हालसम्म १९१ पुग्यो
Koro
काठमाडाै‌ं- नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवार दिउँसो स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ। मन्त्रालयका अनुसार त्यसमध्ये पर्सा जिल्लाका ३९ जना, रुपन्देही जिल्लाका ९ जना, कपिलवस्तु जिल्लाका ८ जना र बाराका १ जना रहेका छन्। कोरोनाभाइरस सङ्क्रमणको ‘रेड जोनमा काठमाण्डू, अब परीक्षण बढाइने’सीमावर्ती जिल्लामा सङ्क्रमण धेरै सोमवार बिहान १० जना नयाँ सङ्क्रमित देखिएका थिए। ती सबै कपिलवस्तुका थिए । त्यसपछि सोमबारै दिउँसो सप्तरीका थप एक १८ वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पाइएको थियो। सोमवार थपिएका २४ जना मध्ये १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update