Erani Mahal
नर्सिङ् दिवसमा नेविसंघद्वारा मास्क र ग्लोब्स वितरण
ooooooo
पाल्पा – अन्तर्राष्ट्रिय नर्सिङ् दिवसको अवसर पारेर पाल्पाका तीन अस्पताललाई नेपाल विद्यार्थी संघले मास्क र ग्लोब्स वितरण गरेको छ । पाल्पा अस्पताल, लुम्विनी मेडिकल कलेज र मिसन अस्पताललाई संघले मास्क र ग्लोब्स वितरण गरेको जनाएको छ । विश्वभर कोरोना संक्रमण फैलिएको बेला स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने मास्क र ग्लोब्स वितरण गरिएको नेवि संघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईका अध्यक्ष सुवास गैरेले जानकारी दिनुभयो । मास्क तथा ग्लोब्स वितरण कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, महासमिति सदस्य हिमालदत्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update