Erani Mahal
रूपन्देही र कपिलवस्तुमा १२ जना संक्रमित फेला, कुल संक्रमितकाे संख्या १३४ पग्याे
covid-19-test
बुटवल - कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा १३४ जना काेराेना संक्रमित पुगेका छन् । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले रुपन्देहीको समरी गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो। [caption id="attachment_9650" align="alignnone" width="300"] प्रतिनिधि तस्विर : गुगल ।[/caption] त्यसैगरी बर्दियाको राजापुर-५ निवासी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताउनुभयाे । यसअघि कपिलवस्तुमा सोमबार बिहान १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो। कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु थिए । अर्का एकजनाको उमेर खुलेको छैन। त्यसैगरी सप्तरीमा पनि एकजनालाई कोरोना पुष्टि भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ जना पुगेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update