Erani Mahal
बाचुन्जेल मस्तले बाचौं, दिल खोलेर
bisal l
हो मानिस हरेक क्षण मरिरहेको छ । उसको मृत्यु अनिवार्य छ ।। हरेक पल मृत्युलाई भेट्टाउन खोजिरहेको छ । र एकदिन पक्कै भेटाउछ पनि ।। *** हो मानिसको अन्तिम लक्ष्य मृत्यु नै हो । जन्म नै मृत्यु हो । जीवनको सारा दौडधुप मृत्यु प्राप्तिको लागि । र एकदिन पक्कै भेटाउछ पनि । *** हो सवै एकदिन जानुपर्ने छ । म जान्न भन्न पाइने छैन ।। म धनी छु भन्न पाइने छैन । ढल्छ यो भौतिक शरीर जो कसैको पनि ।। *** हो पैसाको रासले मृत्यु रोकिदैन । सुनैको दरवारले मृत्यु रोकिदैन ।। सुकिला पाखुराले मृत्यु छेकिदैन । प्रकृतिको आगाडी मानिस केहि होइन ।। *** हो यतिका कुरा थाहा छ भने । किन मानिस अर्कोलाई सिध्याउन लागिपर्छ ।। प्रकृतिले आफैँ सिध्याउने छ । तिमीलाई, मलाई र हाम्रो शत्रुलाइ ।। *** हो अव प्रण गरौ हामि मानिसहरू । यक अर्काको सहयोगी हौं ।। सहयोगी बन्नुपर्छ । समस्याहरू साझा गरौ ।। *** हो मिलेर संगै बाचुन्जेल । दुख बाडौ ।। सुख बाडौ । प्रकृतिलाई बुझौ ।। *** हो मानव जीवनलाई थप खुसालमय बनाउ । संघर्षलाई सामूहिक स्वीकार गरौं ।। प्रकृतिलाई बुझौ । बाचुन्जेल मस्तले बाचौं, दिल खोलेर ।। *** विशाल ओली
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update