Erani Mahal
रामपुरमा थप १० जनाको आरडीटी बिधिबाट काेराेना भाइरस परीक्षण
rrrr
पाल्पा - रामपुर नगरपालिकामा आईतबार थप १० जनाको र्‍यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । विभिन्न जिल्लाबाट रामपुर आएका उनीहरुको आरडीटी परिक्षण गरिएको हो । रामेछाप, म्याग्दी, बुटवल लगायतका क्षेत्रबाट आएका उनीहरु रामपुर १० को जनकल्याण माध्यमिक विद्यालय रामटारको क्वारेन्टाईनमा बसेका ६ जना र भानुभक्त माध्यमिक विद्यालय बर्दलेमा बसेका ४ जना गरी १० जनाको आरडिटी परिक्षण गरिएको हो । उनीहरु क्वारेन्टाइनमा बसेको १४ र १६ दिनमा आरडिटी परिक्षण गरिएको हो । आरडिटी परिक्षणमा नतिजा नेगेटिभ आएपछि उनीहरुलाई थप एक हप्ता होम क्वारेन्टाईनमा बस्न अनुरोध सहित घर पठाईएको नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । रामपुर अस्पतालका ल्याव टेक्निसियन यम बहादुर सिंजाली, नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गाना र गेझा स्वास्थ्य चौकीका प्रमुख विक्रम भण्डारी लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । सबैको आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव टेक्निसियन यम बहादुर सिंजालीले जानकारी दिनुभयो । रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाईनमा बसेका मध्य हालसम्म ४१ जनाको आरडिटी परिक्षण गरिएको छ । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की, रामपुर नगरपालिका १० का वडा अध्यक्ष लिल बहादुर गाहा, कार्यपालिका सदस्य सावित्रा गौतम, वडा नं. १० का वडा सदस्य कृष्ण बहादुर सारु लगायतको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले उनीहरुलाई थप एक हप्ता घरमा सुरक्षित बस्न आग्रह गर्नुभयो । अझैपनि जोखिम हुन सक्छ आचार्यले भन्नुभयो-त्यसैले घरमा पनि अलग्गै बस्नुस्, यो तपाई, परिवार र समुदायको हितकै लागि हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले सफलता पुर्वक क्वारेन्टाइनमा बसेको र आरडिटी जाँचमा नेगेटिभ आएको प्रमाणपत्र प्रमाण पत्र सहित सावुन प्रदान गर्नु भएको थियो । रामपुर १० का वडा अध्यक्ष लिला बहादुर गाहाले क्वारेन्टाईनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो । हाल रामपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ देविस्थानको कालिका आधारभूत विद्यालयमा ४ जना, रामपुर ३ रजघराको जनविकास माध्यमिक विद्यालयमा ३ जना र रामपुर ९ जब्गादीको भानुभक्त माध्यमिक विद्यालयमा ५ जना, लाम्दीखोलाको विद्यालयमा १ जना गरी १३ जना क्वारेन्टाईनमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update