Erani Mahal
बगनासकाली गाउँपालिकाको शैक्षिक क्यालेण्डर सार्वजनिक
News..
पाल्पा – बगनासकाली गाउँपालिकाले २०७७ सालको शैक्षिक योजना समावेस गरिएको क्यालेण्डर सार्वजनिक गरेको छ । बगनासकाली शैक्षिक क्यालेण्डर २०७७ को आइतबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले विमोचन गर्नुभएको हो । अध्यक्ष बस्यालले क्यालेण्डर समितिले विशेष मेहनतका साथ गाउँपालिकाको गतिविधि, शिक्षासँग सम्बन्धित कोटेशन, शिक्षक विद्यार्थीको लागि निर्देशन लगायतको विषय समावेश गरिएकोले क्यालेण्डर संग्रहणीय रहेको बताउनुभयो । उहाँले वर्षभरीको शैक्षिक कार्ययोजना र बगनासकालीको सांस्कृतिक, धार्मिक क्षेत्र समावेस गरीएको भन्दै क्यालेण्डर निर्माण समितिलाई धन्यावाद दिनुभयो । गाउँपालिका शिक्षा शाखाका प्रमुख गुनाराम खनालले गाउँपालिकाले वर्षभरीको शैक्षिक कार्ययोजना समावेश गरेर प्रकाशन गरेको क्यालेण्डर शिक्षक, विद्यार्थी र अभिभावकहरूको लागि विशेष उपयोगी हुने बताउनुभयो । शैक्षिक क्यालेण्डरमा शैक्षिक कार्ययोजना, गाउँ कार्यपालिका, वडाका जनप्रतिनिधि कर्मचारी, शिक्षा समितिका पदाधिकारी, गाउँपालिकाका कर्मचारी, गाउँपालिका भित्रका सवै विद्यालयहरूको विवरण, राष्ट्रिय चाडपर्व, सार्वजनिक विदा अतिरिक्त अन्य महत्वपूर्ण तीथि मिति पनि समेटिएको छ । बगनासकाली गाउँपालिकाले तीन वर्षदेखि निरन्तर रूपमा प्रत्येक वर्ष भित्तेपात्रो प्रकाशन गरेर गाउँपालिका भर निशुल्क वितरण गर्दै आएको छ । क्यालेण्डर प्रकाशन समितिमा शिक्षा शाखा प्रमुख गुणाराम खनाल, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष थानेश्वर तिमिल्सिना, बेद मा.वि.का प्र.अ. डिल्लीराज पाण्डेय, शिक्षा समितका सदस्य डा. शंकरप्रसाद गैरे र गाउँपालिकाका एम आइ एस अपरेटर भोजराज भट्टराई रहनुभभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update